विद्युत अपडेट

  • प्राधिकरण : ९३८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७८१९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७९१० मे.वा.घन्टा
  • आयात : ११९ मे.वा.घन्टा
  • निर्यात : १९७५५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७५२३६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३३८१ मे.वा.
२०८३ भदौ १५, सोमबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडाैं। सरकारले निशेधाज्ञा अवधिभरका लागि मासिक २० युनिट विद्युत खपत गर्ने घरायसी तथा साना ग्राहकबाट   विद्युत महसुल नलिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै २० युनिट मात्रै विद्युत खपत गर्ने ग्राहकलाई शतप्रतिशत महसुल छुट दिने घोषणा गरेका हुन् ।

यस्तै, १५० युनिटसम्म विद्युत खपत गर्ने ग्राहकले पनि ५० प्रतिशत छुट पाउने छन् । २५० युनिटसम्म विद्युत खपत गरेका ग्राहकले विद्युत महसुलमा ३० प्रतिशत छुट पाउने मन्त्री पोडेलले बताए ।

यसैगरी, उत्पादन मुलक उद्योग, होटल तथा चलचित्र उद्योगलाई पनि निशेधाज्ञा अवधिभरका लागि विद्युतको डिमाण्ड शुल्कमा छुट दिइएको छ । साभेदारी, सहलगानी तथा सबै प्रकारका खानेपानी एवं सिँचाइ उपभोक्ता समितिले तिर्नुपर्ने विद्युतको डिमाण्ड शुल्क र विद्युत महसुलमा शतप्रतिशत छुटको घोषणा बजेटमा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३