विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय आणविक ऊर्जा विकास सम्बन्धी फ्रेमवर्कमा हस्ताक्षर गर्ने निर्णय गरेको छ । मंगलबार (भदौ २१ गते) बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

सरकारले उक्त फ्रेमवर्कमा हस्ताक्षर गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई स्वीकृति समेत दिएको छ । मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ– नेपाल सरकार र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीबीच हुने कन्ट्र प्रोमग फ्रेमवर्क २०२२ देखि २०२७ स्वीकृत गरी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीलाई नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न अख्तियारी दिने ।

यसैगरी, सोही दिनको मन्त्रिपरिषद् बैठकले आगामी असोज ७ देखि ११ गतेसम्म अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको अस्ट्रियाको भियनामा हुने कार्यक्रमहरूमा सहभागी हुन शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृत दिने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit