विद्युत अपडेट

  • प्राधिकरण : ४१६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२८१५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३५३८० मे.वा.घन्टा
  • आयात : २२६० मे.वा.घन्टा
  • निर्यात : १८६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : १३० मे.वा.घन्टा
  • ऊर्जा माग : ५४७५० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २५१० मे.वा.
२०८३ असोज १४, बुधबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । सरकारले विद्युत खपतलाई प्रवर्द्धन गर्ने लक्ष्य अनुसार ‘एलपी ग्यास छोडौं, बिजुली जोडौं’ भन्ने अभियानलाई व्यापक रुपमा कार्यान्वयन गर्ने उल्लेख गरेको छ । आइतबार अर्थमन्त्री जर्नादन शर्माले आगामी आव (२०७९/८०) को बजेत तथा कार्यक्रम प्रस्तुत गर्दै विद्युत खपत बढाउन उक्त अभियानलाई व्यापक रुपमा कार्यान्वयन गर्ने उल्लेख गरे ।

विद्युत खपत बढाउन गुइठा र एलपी ग्यासलाई विस्थापित गरि १ लाख घरधुरीमा विद्युतीय चुलो र सुधारिएको चुलो जडान गरिने उल्लेख छ । विद्युत नपुगेको घरधुरीको भान्सालाई धुवामुक्त बनाउन सुधारिएको चुलो वितरण गरिनेछ । 

बजेटमा आगामी आवको ३ महिनाभित्र महानगर तथा उपमहानगर पालिकाका सबै सार्वजनिक संस्थानमा विद्युतीय चुलो जडान गरिन उल्लेख छ । साउनभित्र सिंहदरवारबाट एलपी ग्यास विस्थापित गरि विद्युतीय चुलो देशव्यापी गरिनेछ । सरकारले विद्युतीय चुलोमा अनुदान दिने र एपली ग्यासको अनुदान हटाउने पनि घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३