विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

लुम्बिनी । लुम्बिनी विकास कोषको धार्मिक सांस्कृतिक पर्यटन प्रवद्र्धनका लागि लुम्बिनी विकास कोषले दिएका १९ वटा सवारी साधन प्रयोगविहीन भई कवाडीमा परिणत हुँदै गएका छन् । कानुनी जटिलता, अनधिकृत प्रयोग र प्रयोगविहीन भएपछि ती सवारी साधान कवाड बन्दै गएका हुन् । यसले राज्यलाई ठूलो नोक्सान पुर्‍याउने देखिएको छ । 

कोषको सूचना शाखाका कर्मचारी राजन बस्नेतका अनुसार कुनै बसको ढोकोको ह्यान्डल हराएको छ भने कुनै बसको पाङ्ग्रा नै गायब छ । त्यस्तै सिसा फुटेको, पाङ्ग्रा पञ्चर भएर हावा नभएको जस्ता समस्या पनि देखिएका छन् । 

एसियाली विकास बैंकको दक्षिण एशिया पर्यटन पूर्वाधार विकास आयोजनाअन्तर्गतको क्लिन इनर्जी योजनाले  लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत १९ वटा विद्युतीय सवारी साधान कोषलाई दिएको हो । ती बस कोषका नाममा २०७९ जेठ १२ गते नामसारी भई आएका हुन् । ती मध्ये केही सवारी साधान विभिन्न दुर्घटनामा परी क्षतिग्रष्त समेत भएका छन् । 

सवारी साधन मध्ये १४ भ्यान र ५ वटा विद्युतीय बस वातानुकूलीत, अपाङ्गता मैत्री र स्वचालित ढोका भएका छन् । प्रत्येक बसमा १९ सिट र भ्यानमा ५ सिट क्षमता छ । एकपटक पूरा चार्ज गरेपछि ४०० किमी गुड्न सक्ने उक्त बस र भ्यानमा कार्डबाटै भुक्तानी गर्न सकिने सुविधा पनि छ ।

अदालतले सेतोलाई हरियो नम्बर प्लेटमा रूपान्तरण गरी दाताको उद्देश्यअनुसार सञ्चालन गर्न एक महिनाको समय सीमा तोकेर परमादेश जारी गरेको, लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दीन खाँले बताए । उनका अनुसार सो समय सीमा नाघिसक्यो, अवस्था जस्ताको त्यस्तै छ । 

‘कानुनी अस्पष्टताका कारण सेतो प्लेटका सवारीसाधनलाई उद्देश्यअनुसारको प्रयोगमा ल्याउन सकेका थिएनौँ । अदालतको आदेशपछि प्रक्रिया अघि बढाइएको छ,’ लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले भने, ‘अब हरियो प्लेट बनाएर उद्देश्यअनुसारको प्रयोगमा ल्याइनेछ ।’

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३