विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । गो इसी मर्कन्टाइल प्रालिले देशभर ६० स्थानमा विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेसन विस्तार गर्ने भएको छ । नेपालको हरित ऊर्जामा आधारित यातायातलाई प्रवर्द्धन गर्दै देशमा उत्पादन भएको बिजुलीको आन्तरिक बजार विस्तारमा समेत सहयोग पुर्‍याउन कम्पनीले यस्तो योजना ल्याएको बताएको हो ।

प्रस्तावित चार्जिङ स्टेसन मध्ये ११ वटा निर्माणका लागि भूमिको व्यवस्थापन गरिसको र अन्य ४ स्टेसनका लागि पनि जग्गा व्यवस्थापनको काम चलिरहेको कम्पनीका जनसम्पर्क अधिकृत नवीन तिवारीले बताए । ‘कम्पनी स्थापना भएको जम्मा ३ महिना मात्रै हुन लागेको छ,’ उनले भने, ‘अबको केही महिनामा कम्पनी को चार्जिङ स्टेसन देख्न पाइने छ ।’ 

उनका अनुसार कम्पनीले एमारोन कम्पनीको चार्जर भित्र्याएको छ, जुन घरमा चार्ज हुने स्लो चार्जरदेखि फास्ट चार्जरसम्मको सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ । भारतीय कम्पनीबाट इन्जिनियरिङ भएका मेसिन, एमारोन जस्तो सामाग्री उत्पादित कम्पनी र मर्कनटाइल जस्ता पुराना तथा अनुभवी कम्पनीले सञ्चालनमा ल्याउन लागेको चार्जिङ स्टेसन निकै उपयोगी तथा गुणस्तरीय हुने बताइएको छ । 

‘नेपालमा जुन हिसाबले इसी गाडीहरू आयात सँगै प्रयोगकर्ता बढिरहेको छ, यसले हरेक ठाउँमा २५ देखि ३० किलोमिटरको फरकमा स्टेसन हुनुपर्ने जरुरी देखिएको छ,’ उनले भने, ‘त्यसका लागि हामी जस्तो निजी कम्पनी बजार आउने पर्ने अवस्था रहेको छ ।’

लगानीकर्ताले गो इसीसँग चार्जिङ मेसिनहरू खरिद गरेर होटेल, रेस्टुरेन्ट वा बजार क्षेत्रका उचित ठाउँमा चार्जिङ स्टेसन खोलेर थप आम्दानी गर्न सक्ने उनले बताए । ‘चार्जिङ स्टेसन मात्र खोल्दा पनि लगानीकर्तालाई लाभ हुने हिसाबले हामी काम गर्दै छौँ,’ उनले भने, ‘नाडामा देखिएका सकारात्मक दृष्टिले हामीलाई यसले राम्रो प्रतिफल पाउने आशा राखेका छौँ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३