विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बझाङ जिल्लाको कालंगा नदी बेसिनमा निर्माणाधीन ६४.४९ मेगावाट विद्युत अबको साढे ८ महिनाभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । एउटै समूहले लगानी गरेका ३ जलविद्युत आयोजनाको विद्युत २०७८ मंसिरभित्र प्रसारण प्रणालीमा जोडिन लागेको हो ।

कालंगा बेसिनमा अहिले ३८.४६ मेगावाटको माथिल्लो कालंंगागाड, १५.३३ मेगावाटको कालंगागाड र १०.७ मेगावाटको माथिल्लो सानीगाड जलविद्युत आयोजना निर्माणाधीन छन् । ३ वटै आयोजनाको निर्माण अन्तिम चरणमा पुगिसकेको छ ।

निर्माणाधीनमध्ये कालंगा हाइड्रो इनर्जी कम्पनी प्रवर्द्धक रहेको कालंगागाडको विद्युत सम्भव भएसम्म चालू आर्थिक वर्षभित्र ग्रिडमा जोडिने आयोजना संयोजक सुनिल रेग्मीले बताए । यो आयोजनाको काम ९५ प्रतिशत बढी पूरा भएको छ ।

आयोजनाको सिभिल संरचनाको काम ९९ प्रतिशत पूरा भएको छ । बाँध क्षेत्रको काम पूरा भइसकेको छ । विद्युतगृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम भइरहेको छ । उपकरण जडानको काम बैशाखभित्र पूरा हुँदैछ । 

यो आयोजना सम्पन्न गर्न ३ अर्ब २० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा एनएमबी बैंकको अगुवाईमा ६ बैंकले ७५ प्रतिशत ऋण लगानी गरेका छन् । बाँकी २५ प्रतिशत स्वपुँजी लगानी छ ।

यस्तै, सानीगाड हाइड्रो कम्पनीले निर्माण गरिरहेको ३८.४६ मेगावाटको माथिल्लो कालंगागाड जलविद्युत आयोजनाको काम ८५ प्रतिशत बढी पूरा भएको छ । यो आयोजनाबाट २०७८ भदौदेखि विद्युत उत्पादन गर्ने लक्ष्य छ ।

आयोजनाबाट २०७७ असारदेखि नै विद्युत उत्पादन सुरु गर्ने तालिका भए पनि भौगोलिक विकटता र सुरुङमा देखिएको समस्याका कारण प्रभावित हुँदा धकेलिएको हो । 

यो आयोजनाको बाँध क्षेत्रको काम पूरा भइसकेको छ । मुख्य सुरुङ पूरा (ब्रेकथु) हुन अब १ सय ५० मिटर बाँकी छ । अडिटसहित ८.१३७ किलोमिटर सुरुङमार्ग छ ।

आयोजनाको १ हजार १ सय ५० मिटर पेनस्टक पाइपमध्ये ६ सय ५० मिटर पाइप बिछ्याउन बाँकी छ । विद्युतगृहमा उपकरण जडानको काम भइरहेको छ । उपकरण जडानको काम पनि साउनभित्र पूरा हुने कम्पनीले जनाएको छ । 

यो आयोजना पूरा गर्न ६ अर्ब ९४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा ८ बैंकले ऋण लगानी गरेका छन् ।

यसैगरी, १०.७ मेगावाटको माथिल्लो सानीगाड जलविद्युत आयोजनाको विद्युत पनि २०७८ मंसिरदेखि ग्रिडमा जोडिनेछ । बुङ्गल हाइड्रो कम्पनीले निर्माण गरिरहेको आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । 

८० प्रतिशत सिभिल संरचनाको काम पूरा भएकोे आयोजनाको बाँध क्षेत्रको काम सकिएको छ । मूख्य सुरुङको २ हजार ८ सय १२ मिटरमध्ये २ हजार २२ मिटर खन्ने काम सकियो । बाँकी ७ सय ९० मिटर खन्ने काम असोजभित्र पूरा हुन्छ । पेनस्टक पाइपलाइनको काम पनि कात्तिकभित्र पूरा गरिनेछ । विद्युतगृहमा उपकरण जडानको काम भइरहेको छ ।

२०७५ मंसिरदेखि निर्माण सुरु भएको आयोजनाबाट २०७७ जेठमा नै विद्युत उत्पादन गर्ने तालिका भएपनि आयोजना स्थल दुर्गम क्षेत्रमा रहेकोले निर्माण सामाग्री ढुवानी समस्या तथा प्रतिकुल मौसमका कारण काम प्रभावित हुँदा लक्ष्यअनुसार प्रगति हुन नसकेको कम्पनीले जनाएको छ । आयोजना सम्पन्न गर्न २ अर्ब २० करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

निर्माणाधीन ३ वटै आयोजनाबाट उत्पादीत विद्युत १३२/३३ केभी बलाँच सबस्टेसनमा जोडिनेछ । यी आयोजनाको विद्युत प्रवाह हुने प्रसारण लाइन तथा सबस्टेसन पहिले नै निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३