विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ललितपुरको खेतीयोग्य भूमिमा सिँचाइ सुविधा पुर्याउन गोदावरी नगरपालिकामा भोर्ले कुलो मुहानको निर्माण सुरु भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले नगरपालिका–९ स्थित नख्खु खोला किनारमा आयोजित कार्यक्रममा सोमबार कुलो मुहानको शिलान्यास गरेर निर्माण सुरु गरेकी हुन् ।

ललितपुर क्षेत्रभित्रको खेती हुने जमिन सिँचाइ गर्ने उद्देश्यले उक्त कुलो मुहानको निर्माण थालिएको हो । शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री भुसालले कुलो मुहानको निर्माणले खेतीयोग्य जमिनमा सिँचाइ उपलब्ध गराउने अभियान पूरा हुने बताइन् ।

उनले स्रोत पहिचान गरी लिफ्ट, बोरिङ तथा सतहको पानी प्रयोग गरेर जिल्लाको खेतीयोग्य भूमिमा सिँचाइ सुविधा पुर्याउने बताइन् । ‘ललितपुरका सबै राज कुलोलाई मर्मत सञ्चालनमा ल्याई खेतीयोग्य भूमिमा सिँचाइ सुविधा पुर्याउँछौं ं’,उनले भनिन्,‘जनताले सुरुवात गरेर राज्यले सहयोग गरेको कार्यक्रम नै दीर्घकालसम्म चल्छ ।’

उनले आगामी बर्खाभन्दा अगाडी नै कुलो मुहानको काम सम्पन्न गरेर सञ्चालनमा ल्याउन निर्देशनसमेत दिइन् । उनले कुलो मुहानको निर्माणका लागि मन्त्रालयले आवश्यक बजेट उपलब्ध गराउन सहयोग गर्ने प्रतिबद्धता जनाइन् । 

कार्यक्रममा सहभागी जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राईले कृषि कर्मलाई सहयोग पुग्नेगरी मन्त्रालयले कार्यक्रम बनाउने विश्वास दिलाए । उनले स्थानीय जनताको सहयोगमा मन्त्रालयका कार्यक्रम अगाडि बढाउने बताए । ‘जनताको सहकार्यमा निर्धारित समयमा काम सकिनु पर्छ । काम भए÷नभएको स्थानीय उपभोक्ताले नियमन गर्नपर्छ’ उनले भने । 

सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यले सिँचाइका लागि प्रयोग भएका संस्कृतिक र पुरात्वात्विक महत्त्वका कुलोलाई व्यवस्थित गरिने बताए । उनले जनताको जीवनस्तर उकास्न सिँचाइ क्षेत्रबाट सहयोग हुने सबै काम गर्न विभाग तयार रहेको स्पष्ट पारे । 

कार्यक्रममा सहभागी नयाँ प्रविधिमा आधारित नदी नियन्त्रण आयोजनाका प्रमुख मनोहरकुमार साहले कुलो मुहान संरक्षणका लागि १ करोड ३७ लाख रुपैयाँ बजेट विनियोजन भएको र नियमित मर्मतका लागि थप बजेट व्यवस्थापन गरिएको जानकारी दिए । 

भोर्ले कुलो सिँचाइ प्रणालीको मुख्य स्रोत नख्खु खोला हो । यस सिँचाइ प्रणालीको मूल नहरको लम्बाइ करिव ७ किलोमिटर छ । यहाँबाट बुङ्मतिदेखि छम्पीको टीकाभैरवसम्मका ४ सय हेक्टर जमीन सिँचाइ हुने छ । यस सिँचाइ प्रणालीबाट करिव १ हजार १ सय५४ घरधुरी लाभान्वित हुनेछन् ।

कार्यक्रममा स्थानीय जनप्रविधिहरू आत्मराम थापाले र अम्बिर राज शाक्यले लतिपुरका ऐतिहासिक कुलो संरक्षण र मर्मतका लागि राज्यले सहयोग गर्नुपर्नेमा जोड दिए । उनले प्राकृतिक स्रोत र साधनको संरक्षण गर्न सरकारले सहयोग गर्नु पर्ने बताए । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit