विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सरकारले राज्यको अभिभारा, एक घर एक धारा अभियान साकार पार्न प्रदेश तथा स्थानीय तहसँगको सहकार्यमा खानेपानी आयोजना सञ्चालन गर्ने जनाएको छ । अर्थ मन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

उक्त कार्यक्रम दलितहरुको बस्तीको घनत्व रहेको ठाउँमा उच्च प्राथमिकता दिइने भएको छ । मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौंमा खानेपानी वितरण भइसकेको हुँदा मेलम्ची जलाधारको भौगोलिक अध्ययनको आधारमा मेलम्ची खानेपानीको भरपर्दो पानी पथान्तरण व्यवस्था मिलाइने भएको छ ।

याङ्ग्री र लार्के खोलाबाट मेलम्ची खानेपानीको व्यवस्था गरिने बजेटमा उल्लेख छ । दोस्रो चरणको काठमाडौं खानेपानी आयोजना अन्तर्गत चक्रपथ बाहिरका थप क्षेत्रमा खानेपानी वितरण गर्न पाइपलाइन बिछ्याउने कार्यका लागि १ अर्ब ९२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

मेलम्ची खानेपानी विकास समिति खारेज गरिएको छ । खानेपानीका क्षेत्रका लागि ३७ अर्ब ३५ कराेड विनियाेजन गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit