विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । अपर सेती हाइड्रो प्रालीले निर्माण गर्न लागेको २० मेगावाट क्षमताको  सेती खोला जलविद्युत् आयोजनामा लक्ष्मी सनराइज बैंकले ऋण लगानी गर्ने भएको छ । बैंकले आयोजनामा ३ अर्ब रुपैयाँ ऋण लगानी गर्ने गरी सम्झौता भएको हो ।

सो आयोजना निर्माण गर्न कूल ४ अर्ब २ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । सो परियोजना निमार्णको लागि लक्ष्मी सनराइज बैंक एक्लैले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएको छ भने बाँकी २५ प्रतिशत रकम सो कम्पनीका प्रवर्द्धक/संस्थापकहरूको लगानी रहने छ ।

अपर सेती हाइड्रोले २०७८ माघ १७ गते विद्युत् विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत् उत्पादनको अनुमति पत्र लिनुका साथै असोज १०, २०८० मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता (पिपिए) समेत गरिसकेकोे छ । सो कम्पनीको प्रवर्द्धकको रूपमा नेपालको प्रतिष्ठित व्यापारिक घराना के.सी. ग्रुप रहेको छ ।

२० मेगावाट क्षमताको सो आयोजना निमार्ण पश्चात वार्षिक करिव ११३.५१ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३