विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले  करिब २ करोड २२ लाख कित्ता हकप्रद सेयर लिलामी गर्न लागेको छ । कम्पनीले बोलकबोलमार्फत सेयर बिक्री गर्न लागेको हो ।

२ करोड २१ लाख ९७ हजार ३ सय २५ कित्ता हकप्रद सेयर बोलकबोलबाट बिक्री गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बोलकबोलमार्फत माघ २२ गतेदेखि आवेदन खुल्ला गर्ने तयारी भइरहेको छ । इच्छुकले न्यूनतम १०० कित्ता र अधिकतम सबै खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । आवेदकले फागुन ८ गतेसम्म बाेलपत्र पेस गर्न सक्नेछन् ।

कम्पनीले हालसम्म कुल १८११ मेगावाट क्षमताका २६ वटा जलविद्युत आयोजनामा १९ अर्ब ५४ करोड रुपैयाँ बराबरकाृ ऋण तथा सेयर लगानी स्वीकृत भई १० अर्ब ६९ करोड रुपैयाँ बराबरको लगानी रकम भुक्तानी गरिसकेको छ ।

यसका अतिरिक्त कम्पनीमा रणनीतिक साझेदारी, सरकारी क्षेत्र तथा नीजि क्षेत्रबाट अगाडि बढाइएका अध्ययन तथा निर्माणको विभिन्न चरणमा रहेका कुल ३११४ मेगावाट क्षमताका १३ वटा जलविद्युत आयोजनाहरूमा करिब ७० अर्ब रुपैयाँ बराबरको ऋण तथा सेयर लगानीका लागि प्रस्तावहरू प्राप्त भई अध्ययन तथा मूल्याकंन भइरहेको कम्पनीले जनाएको छ ।

सहायक कम्पनी रेमिट हाइड्रो लिमिटेडबाट निर्माण गरिने ७७.५ मेगावटको घुन्सा खोला र सिम्बुवा रेमिट हाइड्रो लिमिटेडबाट निर्माण गरिने ७०.३ मेगावटको सिम्बुवा खोला जलविद्युत आयोजनाहरुको विस्तृत अध्ययनको कार्य अन्तिम चरणमा रहेको छ । विद्युत खरिद विक्री सम्झौता सम्पन्न भए पश्चात सो आयोजनाहरूको निर्माणका लागि आवश्यक वित्तीय स्रोतको प्रवन्ध गरी निर्माण प्रकृया अघि बढाइने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३