काठमाडौं । सफा टेम्पोमा भाडा क्युआर कोडमार्फत तिर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकको नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने नीतिअनुरूप सिभिल बैंकले आफ्नो १२औं वार्षिक उत्सवको अवसरमा ‘गो क्यासलेस’ अभियान सुरु गरेको हो ।
बैंकले केही समय अगाडि टेम्पो चालकलाई क्युआर कोडका लागि फारम भर्न आग्रह गरेको थियो । फारम भरेका चालकलाई बैंकले शनिबार (मंसिर १० गते) क्युआर कोड स्ट्यान्डी (क्युआर कोड स्यान्ड), ज्याकेट र एटिएम कार्ड पनि प्रदान गरेको छ ।
क्युआर कोडको व्यवस्थाले टेम्पो चढ्ने यात्रु र चालक दुवैलाई फाइदा हुने जनाउँदै बैंकले छुटेका चालकलाई सिभिल बैंकको नजिकको कार्यलयमा गएर फारम भर्न आग्रह गरेको छ ।