images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अर्को वर्षको बर्खामा करिब एक हजार मेगावाट विद्युत भारत निर्यात गर्ने लक्ष्य रहेको बताएका छन् । आइतबार (भदौ १२ गते) ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा सोचे अनुरूप विद्युत उत्पादन भइरहेकोले उक्त लक्ष्य निर्धारण गरिएको बताएका हुन् ।

आर्थिक वर्ष (आव) २०७९/८० भित्र उक्त क्षमता बराबरको विद्युत भारत निर्यात गर्न प्रक्रिया अगाडि बढाइएको घिसिङले बताए । ‘भारतीय बजारमा निर्यातको बाटो खुलेकोले थप ६०० मेगावाट विद्युत निर्यातका लागि प्रस्ताव गरिएको छ,’ उनले भने, ‘देशभित्र खपत गरी अतिरिक्त परिमाण प्रतिस्पर्धाबाट बिक्री गर्न अनुमतिका लागि प्रस्ताव गरिएको छ ।’ प्राधिकरणले गरेको कुनै पनि प्रस्ताव अस्वीकृत नभएको उनको भनाइ छ ।

ढल्केबर–मुजफ्फरपुर ४०० केभी बाहेक नेपाल र भारतको बिहार राज्यबीच विद्युत आदान–प्रदान गर्न निर्माण गरिएको १३२ केभी प्रसारण लाइनको पूर्ण सदुपयोग हुने गरी विद्युत निर्यातको तयारी समेत भइरहेको उनले बताए । थप विद्युत निर्यातका लागि प्रसारण लाइनको समस्या नरहको घिसिङको भनाइ थियो ।

भारतमा विद्युत बिक्री गर्न ४५६ मेगावाटको माथिल्लो तामाकोसी सहित ४२ मेगावाटको मिस्त्री खोला, २४.२ मेगावाटको लिखु खोला–ए, २३.५ मेगावाटको सोलुखोला, २२.१ मेगावाटको चिलिमे लगायत आयोजना प्रस्ताव गरिएको छ । गत वर्ष सुरुमा दुई आयोजनाको विद्युतगृहबाट ३९ मेगावाट विद्युतलाई स्रोत मानी दैनिकरूपमा इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेडमा बिक्री गरिएको थियो । पुनः गत जेठबाट ३६४ मेगावाट विद्युत निर्यात भइरहेको छ ।

प्राधिकरणले आव २०७८/७९ को साउनमा १ अर्ब ८३ करोड ८८ लाख ७६ हजार रुपैयाँ बराबरको २४ करोड २६ लाख ८३ हजार युनिट विद्युत निर्यात गरेको थियो । गत अघिल्लो आवमा यस्तो बिक्री ३ अर्ब ८८ करोड रुपैयाँ बराबरकोे थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit