विद्युत अपडेट

  • प्राधिकरण : ८८३८ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३७०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३७८०३ मे.वा.घन्टा
  • आयात : ४०५ मे.वा.घन्टा
  • निर्यात : १६७९८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६०७५२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६०१ मे.वा.
२०८२ साउन १०, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

म्याग्दी । म्याग्दीको राहुघाट नदी तट (बेसिन) का जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न निर्माण गरिएको २२० केभीको चिमखोला–राहुघाट प्रसारण लाइनको परीक्षण थालिएको छ । उक्त प्रसारण लाइनमा ३५ मेगावाटको चिमखोला–मङ्गले राहुघाट, ४८.५ मेगावाटको माथिल्लो राहुघाट,२१.३ मेगावाटको ठूलोखोला र २३.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाको विद्युत् जोडिने छ ।

केन्द्रीय प्रणालीमा आवद्ध गराउन चिमखोलादेखि गलेश्वरस्थित राहुघाट जलविद्युत् आयोजनाको स्विचयार्डसम्म १३ किलोमिटर लामो प्रसारण लाइन निर्माण भएको हो ।

नेपाल विद्युत् प्राधिकरण मार्फत रघुगंगा–३ अम्बाङमा निर्माणाधीन सबस्टेसन सम्पन्न नहुँदासम्म अस्थायी रूपमा राहुघाटको स्विचयार्डबाट २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा विद्युत् पठाउन लागिएको चिमखोला–मंगले राहुघाट र माथिल्लो राहुघाटको प्रबर्द्धक तुँदी पावरका प्रतिनिधि उपेन्द्र गौतमले बताए ।

चिमखोला–मंगले राहुघाट र ठूलोखोला जलविद्युत् आयोजनाको बाँध, सुरुङ, पेनस्टक पाइपलगायत भौतिक संरचना र विद्युतगृहका उपकरणको परीक्षण भइसकेको छ । माथिल्लो राहुघाट र माथिल्लो ठूलोखोला निर्माणको अन्तिम चरणमा छन् ।

चिमखोलादेखि गलेश्वरस्थित राहुघाटको स्विचयार्ड जोड्ने प्रसारण लाइनमा विद्युत् आपूर्ति गराएर परीक्षण गराउन थालिएको तुँदीका प्रतिनिधि गौतमको भनाइ छ । परीक्षणलगत्तै केन्द्रीय प्रणालीमा विद्युत् जोडिने छ । चिमखोलादेखि राहुघाटसम्म ३९ टावर छन् ।

चार आयोजनाले सहकार्य गरेर एउटै प्रसारण लाइनमार्फत विद्युत् आपूर्ति गर्ने संरचना बनाएका छन् । एकदेखि अर्को आयोजनाको स्विचयार्डसम्म सम्बन्धित आयोजना र त्यसपछि सबस्टेसनतर्फ सहकार्य गरेर प्रसारण लाइन बनाएका हुन् ।

परीक्षण सुरु भएको प्रसारण लाइनको टावर र तार नछुन तथा राहुघाट नदी किनारमा जाँदा सतर्कता अपनाउन तुँदी पावरले बिहीबार एक सार्वजनिक सूचना जारी गरेर प्रभावित क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ । रघुगंगा गाउँपालिकाको ३, ४ र ७ नम्बर वडामा प्रसारण लाइन र टावर निर्माण भएको छ ।

विद्युत् गृहमा लैजान थालेपछि नदीको सतह घटबढ हुने हुँदा माछा मार्ने, पौडी खेल्ने, नुहाउने, दाउरा छोप्न नदी किनारमा नजान तथा गाईवस्तु र पशुचौपाया नलैजान आयोजनाले अनुरोध गरेको हो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३