विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । म्याग्दी जिल्लामा निर्माण भएको १४ मेगावाटको घारखोला जलविद्युत आयोजनाको परीक्षण सम्पन्न भएको छ । म्याग्दी हाइड्रो पावर कम्पनीले निर्माण सम्पन्न गरेको उक्त आयोजनाको सबै चरणको परीक्षण सकिएको हो ।

जलविद्युत आयोजनाको विभिन्न संरचनाको परीक्षणसँगै विद्युत जोडिने नेपाल विद्युत प्राधिकरणको दाना सबस्टेसनको समेत परीक्षण सफलतापूर्वक सकिएको आयोजना प्रमुख विनोद देवकोटाले बताए । ‘प्राधिकरणको प्राविधिक टोलीको सहभागितामा गरिएको आयोजना र सबस्टेसनको परीक्षण सफल भएको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘अहिले विद्युतगृहको परीक्षण गरी भोली (शुक्रबार) देखि आयोजनाको विद्युत राष्ट्रिय प्रणालीमा जोडिनेछ ।’

विद्युत जोडिएको दिनदेखि १५ दिन (दुई साता) प्राधिकरणले परिक्षण गर्नेछ, त्यसपछि मात्र व्यापारिक उत्पादन सुरु हुने देवकोटाले बताए । आयोजनाबाट वार्षिक ७८.६५ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ ।

आयोजनाबाट उत्पादन हुने बिजुली विद्युतगृहदेखि ८ किलोमिटर दुरीमा रहेको प्राधिकरणको दाना सबस्टेनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन आफैले निर्माण गरेको कम्पनीले जनाएको छ ।

४ वर्ष अघिदेखि निर्माण सुरु भएको आयोजनाबाट यसअघि नै विद्युत उत्पादन सुरु गर्ने तालिका थियो । तर, भौगोलिक विकटता, कोरोनाको जोखिम, युक्रेन र रसियाको युद्धले इलोक्ट्रोमेकानिकल उपकरण आयातमा प्रभाव लगायत विविध कारणले तालिका सरेको देवकोटाले बताए ।

आयोजना सम्पन्न गर्न २ अर्ब ४२ करोड रुपैया लागत अनुमान गरेको थियो तर कोरोना माहामारीको कारणले गर्दा केही लागत बढेको कम्पनीले जानकारी दिएको छ । आयोजनामा ७० प्रतिशत ऋण लगानी छ । बाँकी ३० प्रतिशत स्वपुँजी लगानी रहेको छ । कम्पनीले उक्त आयोजनाको काम २०७५ सालदेखि सुरु गरेको थियो ।

आयोजनाको थप विवरण :

आयोजनाको नाम : घार खोला

प्रवर्द्धक : म्याग्दी हाइड्रो पावर कम्पनी

जिल्ला : म्याग्दी

क्षमता : १४ मेगावाट

निर्माण सुरु भएको मिति : २०७५ साल

पाइपालाइन : १२०० मिटर

सुरुङ : ३५०० मिटर

विद्युत जोडिने विन्दु : दाना सबस्टेसन

प्रसारण लाइन : ३३ केभी, ८ किलोमिटर

अनुमानित लागत :  २ अर्ब ४२ करोड रुपैयाँ

वार्षिक ऊर्जा  उत्पादन : ७८.६५ गिगावाट घन्टा

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit