विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चिमिले जलविद्युत कम्पनीको अगुवाईमा निर्माणाधीन १११ मेगावाट रसुवागढी र ४२.५ मेगावाटको सान्जेन जलविद्युत आयोजनाको बिजुली पुसभित्र राष्ट्रिय प्रसारण ग्रिडमा जोडिने भएको छ । निर्माण अन्तिम चरणमा पुगेका यी दुई आयोजनाको १५३.५ मेगावाट विद्युत प्रणालीमा थपिन लागेको हो ।

रसुवागढी हाइड्रो पावर कम्पनीले निर्माण गरेको रसुवागढी र सान्जेन जलविद्युत कम्पनीले निर्माण गरिरहेको सान्जेनको विद्युत ४ महिनाभित्र प्रणालीमा थपिने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । यसका लागि २२० केभी चिलिमे–त्रिशूली प्रसारण लाइन सञ्चालनमा आउनुपर्ने छ । उक्त लाइन पुसभित्र सञ्चालनमा नआए यी दुवै आयोजनाको बिजुली खेर जाने अवस्था आउँछ ।

‘दुवै आयोजनाको अन्तिम चरणको काम भइरहेको छ, यो लाइन पुसभित्र सम्पन्न नभए विद्युत खेर जान्छ,’ उनले भने । प्रसारण लाइनको स्थलगत भ्रमणका क्रममा घिसिङले लाइन र सबस्टेसनको काम पनि जलविद्युत आयोजना निर्माण सम्पन्न हुनु अगावै पूरा गर्न ठेकेदारलाई निर्देशन दिए । आयोजनाको विद्युत खेर जान नदिन सबै गम्भिर भएर बाँकी रहेको काम सम्पन्न गर्न लाग्नु पर्ने उनले बताए ।

गोसाईकुण्ड गाउँपालिका वडा नम्बर १ र २ को सिमाना हुँदै बग्ने भोटेकोसी नदीमा निर्माणाधीन आयोजनाको सिभिल संरचना निर्माण, उपकरण जडानलगायत सबै काम सकिएको आयोजना प्रमुख सत्यराम ज्याख्वाले बताए । ‘यो आयोजनाको एउटा युनिट विद्युत उत्पादनका लागि तयार भइसकेको छ, बाँकीको अन्तिम चरणको काम सुस्त गतिमा भइरहेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘विद्युत जाेडिने लाइन नभएकै कारण आयाेजनाकाे काम सुस्त गतिमा भइरहेकाे छ ।’

इलेक्ट्रोमेकानिकलको ठेक्का भारतीय कम्पनी भोइथ हाइड्रोले पाएको छ । सिभिल तथा हाइड्रो मेकानिकलको काम चाइना इन्टरनेश्नल वाटर एण्ड इलेक्ट्रिक क्रप, चाइनाले गरिरहेको छ ।

आयोजनाबाट यसअघि नै विद्युत उत्पादन  सुरु गर्ने तालिका भएपनि २०७२ सालको विनासकारी भुकम्प, नाकाबन्दी, वर्षायाममा आयोजना क्षेत्रमा आएको बाढी, पहुँचमार्गमा निरन्तर गएको पहिरो, विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीले गर्दा उत्पादन तालिका लम्बिदै गएको कम्पनीले जनाएको छ ।

कम्पनीको पछिल्लो तालिका अनुसार आयोजनाबाट २०७८ असारभित्र  सम्पन्न गर्ने लक्ष्य थियो तर, २०७७ सालको वर्षायाममा प्रक्षेपण गरिए भन्दा अघि आएको बाढीले बाँधस्थलको अस्थायी संरचनामा क्षति पुग्न गई निर्माण स्थगित गरिएको र अडिड सुरुङ जाने बेलीब्रिजमा क्षति पुर्याई आवत/जावतमा कठिनाई र पहुँचमार्ग पूर्ण रुपमा क्षति पुगेकोले सम्पन्न गर्न नसकिएको कम्पनीले जनाएको छ ।

आयोजना निर्माण सम्पन्न गर्न ब्याज बाहेक १७ अर्ब ५६ करोड रुपैयाँ लागत अनुमान गरिएको कम्पनीले जनाएको छ ।

यसैगरी, सान्जेनको काम पनि ९३ प्रतिशत बढी पूरा भएको छ । अहिले विद्युतगृहको इलेक्ट्रो मेकानिकल र हाइड्रो मेकानिकल उपकरण जडानको अन्तिम चरणको काम भइरहेको छ । ३६३० मिटर लामो सुरुङ मार्ग र १०८१ मिटर लामो पेनस्टक पाइप जडानको काम पनि सकिन लागेको छ ।

आयोजना निर्माण सम्पन्न गर्न ५ अर्ब २ करोड ४२ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो, तर निर्माणमा ढिलाइ, डलरको मूल्यवृद्धि र मुद्रास्फीति र अन्य कारणले गर्दा आयोजनाको लागत बढ्न सक्ने कम्पनीले जनाएको छ ।

यही कम्पनीले १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजना निर्माण सम्पन्न गरेको छ । यो आयोजनाको विद्युत साउन २० गते राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit