विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । इङवा हाइड्रो पावर लिमिटेडको सेयर बाँडफाँड भएको छ । कम्पनीले बैशाख १३ गतेदेखि १७ गतेसम्म सर्वसाधारणका लागि खुल्ला गरेको सेयर बाँडफाँड भएको हो ।

कम्पनीको सेयर खरिदका लागि आवेदन दिनेमध्ये १ लाख २६ हजार ८ सय ६३ जना सर्वसाधारणले गोलाप्रथामार्फत सेयर हात पारेको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ । बिक्री प्रबन्धकका अनुसार जसमध्ये ९ जनाले ११ कित्ता र बाँकीले १०/१० कित्ताको दरले सेयर पाएका छन् ।

कम्पनीको सेयरका लागि कुल १२ लाख ३ हजार ९ सय ९५ जनाले आवेदन दिएका थिए । जसमा ४ हजार २८ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ ।

कम्पनीले सर्वसाधारणका लागि १२ लाख ६८ हजार ६ सय ३९ कित्ता सेयर बिक्री खुला गरेको थियो । कम्पनीले कुल १८ लाख कित्ता सेयरमध्ये स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि यसअघि नै निष्कासन गरीसकेको थियो ।

त्यस्तै, ५ प्रतिशत अर्थात ७४ हजार ६ सय ५८ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् २९ हजार ८ सय ६३ कित्ता कर्मचारीका लागि छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई खुला गरेको थियो । यो कम्पनीले पाँचथरमा ९.७ मेगावाटको इङवा खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit