विद्युत अपडेट

  • प्राधिकरण : ९३८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७८१९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७९१० मे.वा.घन्टा
  • आयात : ११९ मे.वा.घन्टा
  • निर्यात : १९७५५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७५२३६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३३८१ मे.वा.
२०८३ भदौ १३, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मीका लागि आवश्यक २०० थान हेडल्याम्प तथा त्यसमा लाग्ने ९०० थान ब्याट्री शुक्रबार हस्तान्तरण गरिएको छ ।

सामाजिक संस्था विघ्नहर्ता नेपालले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत नेपाली सेना तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई उक्त सामग्री उपलब्ध गराएको हो । सुरुङभित्र र बाढी प्रभावित क्षेत्रमा रातिको समयमा समेत उद्धार तथा खोजी कार्य सञ्चालन गर्न सुरक्षाकर्मीलाई सहज होस् भन्ने उद्देश्यले हेडल्याम्प सहयोग गरिएको संस्थाले जनाएको छ ।

बाढीबाट प्रभावित रसुवा, नुवाकोटलगायतका क्षेत्रमा उद्धार कार्य जारी रहेकाले आवश्यक उपकरणको सहयोगले विपद् व्यवस्थापनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३