काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनीको वार्षिक साधारणसभा चैत्र २७ गते (शुक्रबार) हुने भएको छ । कम्पनीको गत फागुन २३ गते बसेको सञ्चालक समितिको बैंठकले २४ औ साधारणसभाको मिति तय गरेको हो ।
साधारणसभाले २०७६/७७ को वार्षिक प्रतिवेदन, वित्तीय वितरण, नाफा/नोक्सान हिसाब नगद प्रवाहा विवरणमा छलफल गरी पारित गर्नेछ । साथै, २०७७/७८ का लागि लेखा परीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ ।
साधारणसभा बलुवाटारस्थित डेलिस ओपेरा रेष्ट्रो एण्ड बैंक्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ । साधारणसभाले भाेजपुरमा निर्माणाधीन १४.१५ मेगावाटको लोअर इर्खुवा खोला जलविद्युत आयोजनाका लागि लिएको ऋणमा कर्पोरेट ग्यारेन्टी दिने निर्णयको अनुमोदन पनि गर्नेछ ।
आयोजनामा माछापुच्छ्रे सहित नेपाल एसबिआई र ज्योति विकास बैंकले १ अर्ब ७२ करोड रुपैयाँ ऋण लगानी गरेका छन् । बाँकी ७१ करोड रुपैयाँ स्वपुँजी लगानी छ । कम्पनीको ७.५ मेगावाटको इन्द्रावती–३ निर्माण सम्पन्न भइ सञ्चालनमा छ ।