विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेशनल हाइड्राे पावर कम्पनी लिमिटेड अन्तर्गतकाे तल्लो इर्खुवा हाइड्रो पावर कम्पनी प्रालिले भोजपुरमा निर्माण गरिरहेको १४.१५ मेगावाटको तल्लो इर्खुवा जलविद्युत आयोजनाको काम ७५ प्रतिशत पूरा भएको छ । कम्पनीले जिल्लाको षडानन्द नगरपालिका र साल्पा सिलिचो गाउँपालिकामा संरचना रहने गरी निर्माण गरेको आयोजनाको काम अन्तिम चरणमा पुगेको हो ।

काम अन्तिम चरणमा पुगे पनि केही समय अगाडि देशकाे पूर्वी भेगमा भएकाे अविरल वर्षाका कारण अाएकाे बाढीले क्षति पुर्याउँदा अायाेजनाकाे बाँध क्षेत्रमा अहिले निर्माण राेकिएकाे छ । आयोजनाको विद्युतगृह र सुरुङको काम सुस्त गतिमा भइरहे पनि अन्य प्रयाेजनका आवश्यक उपकरणहरू ल्याउन नसकिएकाे कम्पनीका अध्यक्ष कुमार पाण्डेले बताए ।

'असार पहिलो सातादेखि नै पानी परेपछि आयोजनाको बाँध क्षेत्रमा जाने पहुँचमार्ग बन्द भएकाले आवश्यक उपकरणहरू लैजान कठिन भइरहेकाे छ, पहुँचमार्ग खुल्ने बित्तिकै उपकरणहरू ल्याएर काम सुरु गरिनेछ,' उनले ऊर्जा खबरसँग भने । यसअघि आयोजनाको २४०० मिटर लामो सुरुङ खन्ने काम पूरा भइसकेको छ ।

आयोजनाबाट उत्पादित विद्युत संखुवासभास्थित २२० केभी शितलपाटी सबस्टेसनमा जोड्ने गरी विद्युत प्राधिकरणसँग प्रसारण सम्झाैता (कनेक्सन एग्रिमेन्ट) भएकाे छ । तर, याे सबस्टेसन निर्माण सम्पन्न गर्न समय लाग्ने भएकोले वैकल्पिक रूपमा विद्युतगृहदेखि १६ किलोमिटर दूरीमा रहेको तुम्लिङटार  सबस्टेसनमा जोडिने जनाइएकाे छ ।

आयोजनाको सबै काम सम्पन्न गरी आगामी २०८० पुसभित्र उत्पादन सुरु गर्ने तालिका थियो तर वर्षायाममको अवरोधका कारण केही समय ढिला हुन सक्ने कम्पनीले जानकारी दिएको छ । यसअघि आयोजनाबाट २०७९ सालभित्र विद्युत उत्पादन सुरु गर्ने तालिका भएपनि कोरोना महामारीका कारण सरकारले एक वर्ष समयअवधि थप गरेको  हो ।

आयोजना  सम्पन्न गर्न २ अर्ब ४३ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । कोभिड–१९ लगायतका कारण आयोजनाको उत्पादन तालिका प्रभावित हुँदा लागत करिब २० प्रतिशतले बढ्ने कम्पनीले जनाएको छ ।

आयोजनाको लगानी बैंकको ऋण तथा स्वपुँजी लगानीबाट जुटाइएको छ । आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाईमा नेपाल एसबिआई र ज्योति विकास बैंकले १ अर्ब ७२ करोड रुपैयाँ ऋण लगानी गरेका छन् । ७१ करोड रुपैयाँ स्वपुँजी लगानी छ ।

आयोजनाको मुख्य प्रवर्द्धक नेशनल हाइड्रोले १८ वर्षदेखि सिन्धुपाल्चोकमा ७.५ मेगावाटको इन्द्रावती तेस्रो निर्माण गरी सञ्चालन गरिरहेको छ । नेशनल हाइड्रोले सिन्धुपाल्चोकमै ४.५ मेगावाटको तल्लो इन्द्रावतीको अनुमति पाएको छ । इन्द्रावती तेस्रो निर्माण गर्न बैंकहरूसँग लिएको ऋण भने कम्पनीले २०७४ सालमै चुक्ता गरिसकेको छ ।

आयोजना थप विवरण

आयोजनाको नाम : तल्लो इर्खुवा

प्रवर्द्धक : तल्लो इर्खुवा खोला हाइड्रो पावर कम्पनी प्रालि

निर्माणाधीन स्थल : भोजपुर (षडानन्द नगरपालिका र साल्पा सिलिचो गाउँपालिका)

क्षमता  : १४.१५ मेगावाट

वार्षिक ऊर्जा उत्पादन : ७९.७९ गिगावाट घन्टा

बर्खायाममा : ६७.११ गिगावाट घन्टा

हिउँदयाम : १२.६८ गिगावाट घन्टा

ठेकदार : सिभिल, अनिल मल्ट्बिगाले थापबिएनटी जेभीले

इलेक्ट्रोमेकानिल : चोङक्विङ वाटर टर्वाइन वर्स (सिडब्लुटीडब्लु

सुरुङ : २४९१ मिटर

लागत : २ अर्ब ४३ करोड रुपैयाँ

लगानीकर्ता वित्तिय संस्थाहरू : माछापुच्छ्रे बैंक, नेपाल एसबिआई बैंक, ज्योति विकास बैंक

ऋण लगानी : १ अर्ब ७२ करोड रुपैयाँ ऋण लगानी

स्वपुँजी : ७१ करोड रुपैयाँ

सुरुको व्यापारीक उत्पादन तालिका : २०७९ भित्र, संशोधित  ः २०८० साउनभित्र

सुरुको विद्युत जोडिने सबस्टेन : शितलपाटी

वैकिल्पक सबस्टेसन : तुम्लिङटार

प्रसारण लाइन : १६ किलोमिटर

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit