विद्युत अपडेट

  • प्राधिकरण : ८९५६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०२८ मे.वा.घन्टा
  • निजी क्षेत्र : २६२३० मे.वा.घन्टा
  • आयात : २२५३ मे.वा.घन्टा
  • निर्यात : ६४५८ मे.वा.घन्टा
  • ट्रिपिङ : १५०० मे.वा.घन्टा
  • ऊर्जा माग : ५१९६९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३८२ मे.वा.
२०८२ असार २, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । विद्युत् नियमन आयोगले ऊर्जा, जलस्रोत, बैंकिङ, पुँजी बजार, वैदेशिक मामिला लगायत क्षेत्रका विज्ञहरूलाई समेटेर २२ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । आयोगको साउन १० गतेको २४१औं बैठकको निर्णय अनुसार संस्थाको काम–कारबाही तथा नीति निर्माण तहलाई थप प्रभावकारी बनाउने उद्देश्यअनुसार यस्तो निर्णय गरिएको हो ।

सल्लाहकार समितिमा पूर्वमन्त्रीदेखि राष्ट्रिय योजना आयोगका पूर्वसदस्य, पूर्वमुख्य सचिव, पूर्वसचिव, विश्वविद्यालयका प्राध्यापक, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक तथा पूर्व–उपकार्यकारी निर्देशक, पुँजी बजारविद्, निजी ऊर्जा तथा जलविद्युत् उद्यमी लगायत रहेका छन् । आयोगको काम–कारबाहीलाई थप सुदृढ तथा प्रभावकारी बनाई गुणस्तरीय तथा विश्वसनीयता कायम गर्ने प्रयोजनका निम्ति लब्ध–प्रतिष्ठित व्यक्तिहरूलाई अवैतनिक सल्लाहकारको रूपमा चयन गरिएको अध्यक्ष डा. रामप्रसाद धितालले जानकारी दिए ।

आयोगमा धितालको नेतृत्वमा नयाँ सदस्यहरूको नियुक्ति भएपछि उनले फरक ढाँचामा आयोगको काम–कारबाही अगाडि बढाउन थालेका छन् । अघिल्लो पदाधिकारीको काम तथा उपलब्धिको समीक्षा गर्दै त्यसलाई थप प्रभावकारी ढंगबाट अगाडि बढाउन आफू तत्पर रहेको उनले बताए ।

गत असार ७ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार आयोग अध्यक्षमा धिताल तथा सदस्यहरूमा डा. मधुसुधन अधिकारी र डा. झमकप्रसाद शर्मा नियुक्ति भएका हुन् । गौतम डंगोल सदस्यको जिम्मेवारीमै रहेका छन् भने एक जना महिला सदस्यको पद रिक्त रहेको छ ।

पद तथा गोपनीयताको शपथ लिएको एक महिनाभित्र (गत असार १० गते शपथ लिएका थिए) आयोगको ५ वर्षे मार्गचित्र निर्माण गरी सुझावका लागि विभिन्न निकायमा पठाइएको छ । यस्तै, यही अवधिमा समग्र क्षेत्रका विज्ञहरू समेटेर सल्लाहकार समिति गठन भएको छ । अब सक्दो चाँडो मार्गभित्रलाई अन्तिम रूप दिँदै नीतिगत विषयलाई कार्यान्वयन तहमा लैजाने अध्यक्ष धितालको भनाइ छ ।

सल्लाहकार समितिमा चयन भएका विज्ञहरूको नामावली

सिं नं.  नाम क्षेत्रगत विज्ञता
१.  दीपक ज्ञवाली जलस्रोत
२.  माधवप्रसाद पौडेल कानुन
३.  डा. विमलप्रसाद कोइराला  व्यवस्थापन/अर्थ
४.    लीलामणि पौडेल     व्यवस्थापन
५.     प्रा.डा. सुनिलबाबु श्रेष्ठ     पूर्वाधार प्रविधि
६.      प्रा.डा. अरविन्दकुमार मिश्र  विद्युत् प्रसारण लाइन
७.  प्रा. डा. गोविन्द नेपाल अर्थ
८.   अनुपकुमार उपाध्याय  विद्युत्
९.    देवेन्द्र कार्की   पूर्वाधार
१०. दिनेशकुमार घिमिरे विद्युत्
११.   प्रा.डा. शोभाकर ढकाल ऊर्जा
१२.  प्रा.डा. रमेशकुमार मास्के  ऊर्जा
१३.  प्रा.डा. त्रिरत्न बज्राचार्य  ऊर्जा
१४.  राधेश पन्त   व्यवस्थापन
१५. हितेन्द्रदेव शाक्य   विद्युत् प्रसारण लाइन
१६. महेन्द्रबहादुर गुरुङ  जलस्रोत
१७.  निरज गिरी  पुँजी बजार
१८.   डा. रविन श्रेष्ठ   ऊर्जा/अर्थ
१९. प्रबल अधिकारी विद्युत् व्यापार
२०.   डा. सुवर्णदास श्रेष्ठ  जलविद्युत्
२१.  डा. सन्दिप शाह जलविद्युत्/सौर्य
२२.   सेमन्त दाहाल  कानुन

स्राेत : विद्युत् नियमन आयाेग

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३