विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लमजुङको दोर्दी खोलामा निर्माण भएको २५ मेगावाको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको विद्युत प्रवाह हुने प्रसारण लाइन तयार नहुँदा राष्ट्रिय प्रणालीमा जोडिन सकेको छैन् । नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको मध्य मर्स्याङ्दीको विद्युतगृहको स्वीचयार्डसम्मको लाइन तयार नहुँदा आयोजना अहिलेसम्म पनि सञ्चालनमा आउन नसकेको हो ।

प्राधिकरणले निर्माण गरिरहेको मध्य मर्स्याङदीसम्मको ६ किलोमिटर लामो प्रसारण लाइन निर्माण पूरा नहुँदा आयोजनाको विद्युत जोडिन नपाएको प्रवर्द्धक लिबर्टी हाइड्रो इनर्जी कम्पनीका प्रबन्ध निर्देशक आत्माराम घिमिरेले बताए । प्राधिकरणले लाइनको काम गरिरहेको छ ।

लाइन निर्माणमा स्थानीयले अवरोध गर्दा समयमा सम्पन्न हुन नसेकेको हो । प्राधिकरणले स्थानीयले अवरोध नगरे एक साताभित्र काम सक्ने जनाएको छ ।

जलविद्युत आयोजनाको निर्माण पूरा गरेर सुरुङलगायतमा पानी हालेर परिक्षण समेत सकिएको घिमिरेले बताए । निर्माण सम्पन्न आयोजनामा गत २०७८ असारमा आएको बाढीले ठुलो क्षति पुर्याएको थियो । बाढीले पुर्याएको क्षतिको पुन निर्माणको काम सकिएको हो ।

आयोजनाबाट २०७६  चैतदेखि विद्युत उत्पादन सुरु गर्ने तालिका थियो । तर, प्रसारण लाइनको समस्या, विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी र बाढी पहिरोको कारण उत्पादन तालिका धकेलिदै आएको छ ।

यस अघि आयोजना सम्पन्न गर्न ४ अर्ब ६४ करोड ६१ लाख रुपैयाँ लागतमा सम्पन्न भएको थियो । बाढीले पुर्याएको क्षतिको पुन निर्माण गर्दा लागत बढेको छ । आयोजना सञ्चालनमा आएपछि वार्षिक १३ करोड ६७ लाख ८४ हजार ८ सय ६९ युनिट विद्युत उत्पादन हुनेछ । विद्युत उत्पादन सुरु भएको पहिलो वर्षमा करिब ८० करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ ।

दोर्दी कोरिडोरमा माथिल्लो दोर्दी ‘ए’ सँगै ५४ मेगावाटको सुपर दोर्दी ‘ख’, १२ मेगावाटको दोर्दी–१, २७ मेगावाटको दोर्दी खोला लगायत आयोजना निर्माणाधीन छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit