विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अप्पर हेवा खोला हाइड्रो पावर कम्पनीले असार २४ गतेदेखि १५ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले संखुवासभामा सञ्चालित ८.५ मेगावाटको माथिल्लो हेवा खोला जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुटुयाएको साधारण सेयर निष्कासन गर्न लागेको हो ।

सय रुपैयाँ अंकित १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता साधारण सेयर निष्कासनको तयारी गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार निष्कासन हुने सेयरमध्ये ३० हजार कित्ता अर्थात २ प्रतिशत सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ ।

७५ हजार कित्ता अर्थात ५ प्रतिशत सेयर सामुहिक लगानी कोषहरूका लागि छुट्याइएको छ । र बाँकी रहेको १३ लाख ९५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिनेछ ।

सर्वसाधारणले छिटोमा असार २८ गतेसम्म र ढिलोमा सायन ६ गतेसम्म आवेदन दिन सक्नेछन् । सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन पाउनेछ ।

कम्पनीे सेयर निष्कासन गरी बाँडफाँड गर्न एनएमबी क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएका छ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयका लागि सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ ।

कम्पनीले निर्माण सम्पन्न गरेको जलविद्युत आयोजनाले गत २०७८ चैतदेखि व्यापारीक उत्पादन सुरु गरेको हो । नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) अनुसार आयोजनाबाट २०७६ असारदेखि नै उत्पादन सुरु गर्नुपर्ने थियाृे । तर, आयोजनाको विद्युत प्रवाह हुने २२० केभी कोसी कोरिडोर प्रसारण लाइनको निर्माण पूरा हुन समय लागेकाले ढिलो गरी काम सुरु गर्दा धकेलिएको कम्पनीले जनाएको छ ।

आयोजनाको विद्युत कोसि कोरिडोरको बानेश्वर सबस्टेसनमा जोडिएको छ । सबस्टेसम्मको आवश्यक १०.४ किलोमिटर लामो प्रसारण लाइन कम्पनी आफैले निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit