काठमाडौं । बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आफ्ना सेयरधनी सदस्यका लागि हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको हो ।
कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न एनआईसी एसिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । सम्झौता पत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शेखर कुमार सुवेदी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन् ।
हकप्रद सेयर निष्कासन प्रकृया अगाडी बढाउदा आवश्यक पर्ने कागजातहरू र अन्य विवरण तयार गर्न सहजीकरण गरी सेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणहरु तयार गरी नेपाल धितोपत्र बोर्डमा स्वीकृतिको लागि विवरण पत्र पेश गर्ने लगायतका सम्पूर्ण कार्य क्यापिटलले गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार क्यापिटलले ‘आइडिया टु आइपियो’ सेवा अन्तर्गत प्रालिलाई पब्लिक कम्पनीमा परिणत गरी साधारण शेयर निष्काशन सम्मको कार्य गर्नेछ ।