विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ असार १४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

​काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ११ केभी (११,००० किलोभोल्ट) को विद्युत् लाइन चालु अवस्थामै मर्मत गर्न सकिने प्रविधिको परीक्षण र शुभारम्भ गरेको छ । उपभोक्तालाई निरन्तर र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउने उद्देश्यले प्राधिकरणले उक्त नयाँ प्रविधिकको सुरुवात गरेको हो ।

प्राधिकरणका कायम मुकायम (कामु) कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले ​लुम्बिनी प्रादेशिक कार्यालयबाट एक कार्यक्रमकाबीच उक्त नयाँ प्रविधिको औपचारिक शुभारम्भ गरिएको प्राधिकरणले जनाएको छ ।

​कार्यक्रमलाई सम्बोधन गर्दै कामु कार्यकारी निर्देशक श्रेष्ठले हाल नमुनाका रूपमा ११ केभी लाइनमा गरिएको यो परीक्षणले प्राविधिक रूपमा चालु लाइन मर्मत गर्न सकिने क्षमताको विकास गरेको बताए । ‘यसले प्राविधिक सम्भाव्यताका आधारमा मर्मत कार्य गर्दा विद्युत् आपूर्ति बन्द गर्नुपर्ने अवस्थालाई कम गर्न मद्दत पुर्‍याउनेछ,’ उनले भने, ‘प्रभावकारिता हेरेर यसलाई क्रमशः सहरी क्षेत्रका मुख्य लाइनहरूमा विस्तार गरिनेछ ।’

कार्यक्रममा प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उप(कार्यकारी निर्देशक नवराज ओझाले बुटवल उपमहानगरपालिका–११, कालिकानगरमा रहेको ११ केभी लाइनमा तालिम प्राप्त प्राविधिकहरूद्वारा उक्त प्रविधिको सफल परीक्षण गरिएको जानकारी दिए । 

‘प्राविधिक मर्मतका लागि विद्युत् कटौती गर्नुपर्ने बाध्यतालाई कम गर्दै उपभोक्तालाई निरन्तर सेवा दिन प्राधिकरण यस्तो अत्याधुनिक प्रविधि भित्र्याउन विगतदेखि नै लागिपरेको छ,’ उपकार्यकारी निर्देशक ओझाले भने, ‘यो सफल परीक्षणले अब भविष्यमा चालु लाइनमै मर्मत गर्न सकिने क्षमताको ढोका खोलेको छ।’

​लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख मनोज कुमार यादवले उपभोक्तालाई बिना अवरोध सेवा प्रदान गर्ने प्राधिकरणको अभियानमा यो प्रविधिको सुरुवात एक महत्त्वपूर्ण प्राविधिक अभ्यास भएको बताए । 

कार्यक्रममा बुटवल ग्रिड महाशाखाका प्रमुख अनिल बन्जाडे, विभिन्न वितरण केन्द्रका प्रमुखहरू र आयोजना प्रमुखहरूको समेत उपस्थिति थियो । यो प्रविधिले भविष्यमा मर्मत सम्भारका क्रममा आवश्यक पर्ने विद्युत् कटौतीलाई सकेसम्म कम गरी उपभोक्तालाई थप भरपर्दो विद्युत् सुविधा उपलब्ध गराउन सघाउ पुग्ने अपेक्षा गरिएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३