विद्युत अपडेट

  • प्राधिकरण : ९३८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७८१९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७९१० मे.वा.घन्टा
  • आयात : ११९ मे.वा.घन्टा
  • निर्यात : १९७५५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७५२३६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३३८१ मे.वा.
२०८३ भदौ १५, सोमबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले २६४७ मेगावाटको विद्युत प्रवाह हुने ३९ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्ने भएको छ । कम्पनीले विभिन्न स्थानमा रहेकाे आयोजनाको विद्युत प्रवाह गर्न ४०० केभी प्रसारण लाइन निर्माण गर्न लागेको हो । 

कर्णाली प्रदेश अन्तर्गत सुर्खेत जिल्लाको चौकुने गाउँपालिका –४ मा अवस्थित बेतन सवस्टेशन देखि सुदुर पश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका –३ को  दोदोधारा सवस्टेशन सम्म डबल सर्किट प्रसारण लाइन निर्माण गर्न लागेको कम्पनीले जनाएको छ ।

अध्ययन पूरा भएको लाइनको निर्माण अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिएको कम्पनीले जनाएको छ । कम्पनीलाई अनुमतिपत्र दिन विभागले ३५ दिने सूचना जारी गरेको छ । विभागले अनुमतिपत्र दिनु अघि प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरबारे सम्बन्धित सरोकारवालासँग राय/सुझाव मागेको छ ।

प्रसारण लाइनमा  १२० टावर हुनेछ । समुन्द्री सतहबाट टावरको अधिकतम उचाई १४२७.५८ मिटर र न्यूनतम उचाई १८६.२४ मिटर हुनेछ । तर टावरहररू बीचको भने दुरी ६४.९५६ मिटर देखी १३४१.६१ मिटर हुनेछ । 

आयोजना निर्माणको लागि कूल १६९.३३ हेक्टर जमिन आवश्यक पर्नेछ । जसमध्ये एपी टावर निर्माणको लागि १०.८ हेक्टर, विद्युत मार्गको अधिकार क्षेत्रको लागि १५८.२३ हेक्टर र अस्थायी जग्गाको लागि ०.३ हेक्टर जग्गा प्रयोग गरिनेछ । 

प्रसारण लाइनको काम ४ वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ । लाइन निर्माण गर्दा भू–क्षय, बाढी, वायु प्रदुषण आदीद्वारा वातावरणमा उल्लेखनीय प्रतिकुल असर नपर्ने गरी निर्माण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३