विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पछिल्लो समयमा नेपालमा उत्पादित विद्युत खपत बढाउने व्यापक चर्चा चलिरहँदा आर्थिक वर्ष (आव) २०७९/८० को १० महिनाको अवधिमा साढे १ लाख भन्दा बढी विद्युतीय चुलो आयात भएका छन् । आवको साउनदेखि वैशाखसम्ममा उक्त परिणामको विद्युतीय चुलो नेपालमा भित्रिएका हुन् ।

वैशाखसम्ममा १ लाख ७६ हजार ६३ वटा विद्युतीय चुलो आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । त्यसमध्ये सबैभन्दा बढी इन्डक्सन रहेको छ । १ लाख ६ हजार ९ सय २ वटा इन्डक्सन चुलो र ६९ हजार १ सय ६१ वटा इन्फारेट चुलो भित्रिएको विभागको विवरणमा उल्लेख छ । 

आयात भएको इन्डक्सन मध्ये सबैभन्दा बढी चाइनबा आएको तथ्यांकमा उल्लेख छ । चाइनाबाट ९० हजार ३ सय ५४ वटा, भारतबाट १६ हजार ४ सय ७९ वटा, मलेसियाबाट ५० वटा, कतारबाट १४ वटा, सिंगापुरबाट ३ वटा चुलो भित्रिएका छन् । यस्तै, युनाइटेड अरब इमिरेट र युनाईटेड स्टेटबाट १÷१ वटा इन्डक्सन चुलो ल्याइएको छ । 

यसैगरी चाइनाबाट ६७ हजार १ सय ६० वटा र २००१ वटा इन्फ्रारेट चुलो आयात भएको सार्वजनिक तथ्यांकमा उल्लेख छ । विद्युतीय चुलो प्रयोग गर्दा छिटो छरितो हुने र विजुलीको पनि खपत हुने भएकाले अहिले नेपाली जनाताहरु विद्युतीय चुलो प्रति लक्षित भएका छन् । एलपिजी ग्यास भन्दा सजिलो हुने भएकाले हाल नेपालले विद्युतीय चुलोलाई बढी प्राथामिकता दिनुका साथै प्रयोग गरेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit