विद्युत अपडेट

  • प्राधिकरण : ७१८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८२९० मे.वा.घन्टा
  • निजी क्षेत्र : २५८८२ मे.वा.घन्टा
  • आयात : ६६९ मे.वा.घन्टा
  • निर्यात : ३३०५ मे.वा.घन्टा
  • ट्रिपिङ : १७० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२२०० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२८० मे.वा.
२०८२ पुस १४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडले हाल कायम चुक्ता पुँजीको १५० प्रतिशत (१ः१.५ अनुपातमा) हकप्रद सेयर जारी गर्ने भएको छ । पुस ८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सो निर्णय गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार उक्त हकप्रद सेयर जारी गर्ने विशेष प्रस्तावलाई पुस ३० गते बोलाइएको कम्पनीको तेस्रो, चौथो तथा पाँचौँ वार्षिक साधारण सभाबाट पारित गरेपछि जारी गरिने छ । साधारण सभाले हकप्रदबाट प्राप्त हुने पुँजीलाई कुन प्रयोजनमा लगानी भन्नेबारे सञ्चालक समितिले गरेको निर्णयसमेत पारित गर्ने छ ।

साधारण सभा प्रयोजनका लागि पुस २१ गते कम्पनीले सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने भएको छ । त्यसो हुँदा पुस २० गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई सेयरधनी कायम हुनेहरूले मात्र कम्पनीको हकप्रद सेयर खरिद गर्न सक्नेछन् ।

कम्पनीले दैलेखको लोहोरे खोलामा ४ मेगावाटको जलविद्युत् केन्द्र सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३