विद्युत अपडेट

  • प्राधिकरण : ७१५९ मे.वा.घन्टा
  • सहायक कम्पनी : ४४५३ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५१५६ मे.वा.घन्टा
  • आयात : ११०९८ मे.वा.घन्टा
  • निर्यात : 0 मे.वा.घन्टा
  • ट्रिपिङ : २७७० मे.वा.घन्टा
  • ऊर्जा माग : ४०६३८ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : २११४ मे.वा.
२०८२ ब‌ैशाख २६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ गुठ्ठी सूर्यपुरास्थित गण्डक जलविद्युत् केन्द्रको उत्पादन पूर्णरुपमा ठप्प भएको छ । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको त्रिवेणीस्थित गण्डक ब्यारेजबाटै नहरको पानी बन्द भएपछि विद्युत् उत्पादन ठप्प भएकाे केन्द्रका प्रमुख पिताम्बर भुसालले बताए । 

उनका अनुसार भारतले जलविद्युत् केन्द्रको नहर बन्द (क्यानल सटडाउन‌‌) गरेपछि विद्युत् उत्पादन रोकिएको हाे । गत फागुन २६ गतेदेखि नहरमा पानी आउन बन्द भएपछि उत्पादन ठप्प पारिएकाे उनको भनाइ छ ।

लामो समयदेखि प्रत्येक वर्ष नहरमा पानी बन्द गर्ने चलन छ । नेपाल–भारत गण्डक सम्झौताअनुसार भारतले सन् १९७९ मा निर्माण गरेको केन्द्र ३१ अगस्ट १९८१ मा नेपाललाई हस्तान्तरण गरेको थियो  । करिब ४४ वर्ष पुरानो गण्डक जलविद्युत्‌ केन्द्रकाे नहरमा पानी छोड्ने र बन्द गर्ने भारतीय पक्षको हातमा हुन्छ ।

यसअनुसार भारतको उत्तर प्रदेश गोरखपुरस्थित गोरखपुर सिँचाइ विभागले उक्त विद्युत केन्द्रको नहरमा सरसफाई तथा मर्मत भइरहेको जनाउँदै नहरमा पानी बन्द गरेपछि विद्युत् उत्पादन बन्द भएको हो । भारतीय पक्षले हरेक वर्ष कात्तिक–मंसिर र चैत–वैशाख गरी दुई पटक नहरको पानी बन्द गर्दै आएको छ । यसले गर्दा हाम्रो घाटा हुनेगरेको जलविद्युत केन्द्रका प्रमुख भुसाल बताउँछन् । 

विद्युत् ठप्प भएपछि दिनहुँ ७ देखि ८ लाख घाटा हुने गरेको प्रमुख भुषालले जानकारी दिए । १५ मेगावाट विद्युत् उत्पदान क्षमता भएको उक्त जलविद्युत केन्द्र अहिले ४ देखि ४.५ मेगावाटसम्म विद्युत् उत्पादन गरिरहेको छ ।

३ वटा टर्वाइन भएको जलविद्युत् केन्द्रेमा २ टर्वाइनले मात्र विद्युत उत्पादन गरिरहेको छ । एउटा टर्वाइन बिग्रेर थन्केको छ । गण्डक जलविद्युत् केन्द्रमा रहेको विद्युतीय उपकरण पुरानो प्रविधिअनुसार रहेको हुनाले परिर्वतन गरी सुधार गर्नुपर्ने देखिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३