विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपिसी) को कार्यकारी निर्देशक नियुक्त गर्नका लागि तीन जना विज्ञहरूको नाम सिफारिस गरिएका छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिस समितिको बैशाख १४ गते (बिहीबार) को निर्णयानुसार उक्त नाम सिफारिस गरिएको हो ।

सिफारिस हुनेमा एईपिसीका कामु कार्यकारी निर्देशक नवराज ढकाल, जल तथा ऊर्जा आयोगको सचिवालयकी उपसचिव (सिईडी) डा. किरण गौतम र एईपिसीकै निर्देशक डा. सूर्यकुमार सापकोटा रहेका छन् । उक्त पदका लागि दरखास्त आह्वान गरिएकोमा २१ आवेदकमध्ये १४ जना प्रारम्भिक छनोट (सर्ट लिष्ट) मा परेका थिए ।

परेका आवेदनमध्ये पाँच जना उम्मेदवारहरूको न्यूनतम शैक्षिक योग्यताको विषय  नमिलेको र २ जना उम्मेदवारको तोकिएबमोजिमको उमेर नपुगेका कारण छनोट प्रक्रियामा समावेश नभएको सिफारिस समितिले जानकारी दिएको । सर्ट लिष्टमा परेका १४ जनाको कार्यायोजना प्रस्तुतिकरण र अन्तर्वार्ताका आधारमा अन्तिम छनोटमा परेका हुन् ।

नियमित प्रक्रिया अनुसार कार्यकारी निर्देशक नियुक्त हुनुपर्नेमा हाल कमुको जिम्मेवारीमा रहेका ढकाल नै हुन् तर प्रतिस्पर्धालाई आधार मानिएकोले ३ जना मध्ये जो पनि नेतृत्वमा आउन सक्ने सम्भावना देखिएको छ । यद्यपि, पहिलो पटक एईपिसीमा महिलाले समेत नेतृत्वका लागि प्रतिस्पर्धा गरेको हुँदा यसलाई विशेष चासोका साथ हेरिएको छ ।

गौतमको यस क्षेत्रमा १४ वर्षभन्दा बढीको अनुभव छ । उनी एक दशकभन्दा बढी समयदेखि वेक्सको जिम्मेवारीमा छन् । इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकबाट नवीकरणीय ऊर्जामा स्नातकोत्तर गरेकी गौतमले ऊर्जा योजना (माग र आपूर्ति) मा विद्यावारिधी गरेकी छन् ।यस्तै, ढकाल र सापकोटा झण्डै २ दशकभन्दा बढी समयदेखि एईपिसीमा महत्त्वपूर्ण जिम्मेवारीमा छन् । तत्कालीन कार्यकारी निर्देशक डा. मधुसुधन अधिकारीको ४ वर्षे कार्यकाल पूरा भएपछि अहिले ढकाल नै कामुको जिम्मेवारीमा छन् ।

उल्लिखित नामहरू मन्त्रिपरिषद्मा सिफारिस भएपछि ३ जनाबाट एक जनालाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय हुनेछ ।

याे पनि पढ्नुहाेस

वैकल्पिक ऊर्जाको कार्यकारी निर्देशकका लागि १४ जनाकाे नाम 'सर्टलिस्ट'मा

संस्थाभित्रका ६ जना, वेक्सको सिडिई सहित वैकल्पिक ऊर्जाको कार्यकारी निर्देशक बन्न २१ जना मैदानमा

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३