विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण २१, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाली अर्थशास्त्री सोना श्रेष्ठ एसियाली विकास बैंक (एडिबी) को दक्षिण एसिया विभाग (साउथ एसिया डिपार्टमेन्ट–सार्ड) को महानिर्देशक नियुक्त भएकी छन् । एडिबीद्वारा जारी विज्ञप्ति अनुसार बंगलादेश, भुटान, भारत, मालदिभ्स, नेपाल र श्रीलंकामा एडिबीको रणनीति तथा कार्यक्रम कार्यान्वयनको नेतृत्व गर्ने जिम्मेवारीसहित श्रेष्ठलाई नियुक्त गरिएको हो ।

एडिबीको दक्षिण एसिया विभागले नेपालका ऊर्जा, पूर्वाधार, जलस्रोत तथा दिगो विकाससँग सम्बन्धित ठूला परियोजनामा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । श्रेष्ठको नियुक्तिसँगै नेपालमा एडिबीको ऊर्जा क्षेत्रको लगानी र सहकार्य अझ सुदृढ हुने अपेक्षा गरिएको छ ।

नवनियुक्त महानिर्देशक श्रेष्ठले आफ्नो नियुक्तिप्रति सम्मान गरेकी छन् । ‘दक्षिण एसिया विभागको महानिर्देशक नियुक्त हुन पाउँदा सम्मानित महसुस गरेकी छु,’ उनले भनेकी छन्, ‘समावेशी र दिगो विकासमा सहयोग पुर्‍याउन एडिबीको संलग्नता अझ गहिरो बनाउन यस क्षेत्रका विकासशील सदस्य राष्ट्रहरूसँग मिलेर काम गर्न उत्सुक छु ।’

२७ वर्षभन्दा लामो पेसागत अनुभव हासिल गरेकी श्रेष्ठ २३ वर्षदेखि एडिबीसँग आबद्ध छिन् । यसअघि उनी दक्षिण एसिया विभागकी उपमहानिर्देशक थिइन् । उनले एडिबीको स्वतन्त्र मूल्याङ्कन विभाग, वित्तीय क्षेत्र तथा व्यापार डिभिजन (दक्षिणपूर्व एसिया) र इन्डोनेसियामा आवासीय उपनिर्देशक जस्ता पदमा रहेर जिम्मेवारी सम्हालिसकेकी छन् ।

श्रेष्ठले अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट स्नातकोत्तरसहित अर्थशास्त्रमा विद्यावारिधि (पिएचडी) उपाधि हासिल गरेकी छन् । उनले स्मिथ कलेज, म्यासाचुसेट्सबाट अर्थशास्त्रमा स्नातक गरेकी हुन् ।

नेपालमा एडिबी ऊर्जा, प्रसारण लाइन विस्तार, जलविद्युत्, नवीकरणीय ऊर्जा र क्षेत्रीय विद्युत् व्यापार जस्ता क्षेत्रमा प्रमुख विकास साझेदारका रूपमा सक्रिय छ । श्रेष्ठको नेतृत्वले विशेषतः ऊर्जा पूर्वाधार र क्षेत्रीय ऊर्जा सहकार्यमा नयाँ गति दिने विश्वास गरिएको एडिबीको विज्ञप्तिमा उल्लेख छ ।

सन् १९६६ मा स्थापना भएको एडिबी एसिया तथा प्रशान्त क्षेत्रमा समावेशी, दिगो र उत्थानशील विकासका लागि कार्यरत बहुपक्षीय विकास बैंक हो । यसका ६९ सदस्य राष्ट्रमध्ये ५० राष्ट्र क्षेत्रीय सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३