विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बागमती र गण्डकी प्रदेशका विभिन्न जिल्लामा पहिचान भएका करिब ४४०० मेगावाट विद्युत आयोजना निर्माणको विभिन्न चरणमा छन् । यी २ प्रदेशका २४ वटा जिल्लामा अध्ययन पूरा भएका आयोजना निर्माणको विभिन्न चरणमा पुगेका हुन् ।

विद्युत विकास विभागका अनुसार अध्ययन पूरा भई उत्पादन अनुमति पाएका ४३९९ मेगावाटका आयोजनाले उत्पादन अनुमति लिई निर्माण अघि बढाएका छन् ।  बागमती प्रदेशको सिन्धुली, रामेछाप, दोलखा, भक्तपुर, धादिङ, काठमाडौं, काभ्रेपञ्चोक, ललितपुर, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, चितवन, मकवानपुर र गण्डकी प्रदेशको बागलुङ, गोरखा, कास्की, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, नवलपरासी, पर्वत, स्याङ्जा र तनहु जिल्लामा पहिचान भएका आयोजनाले उत्पादन अनुमति लिई निर्माणका कार्यलाई अघि बढाएका हुन् ।

उत्पादन अनुमति पाएका आयोजना मध्ये बागमती प्रदेशकको २१५६ मेगावाटका आयोजना उत्पादन अनुमति पाएको विभागले जनाएको छ । विभागका अनुसार १०० मेगावाटदेखि ५०० मेगावट क्षमता सम्मका ८११ मेगावाटका आयोजनाले अध्ययन पूरा भइ उत्पादन अनुमति पाएका छन् । 

यस्तै, २५ मेगावाटदेखि १०० मेगावाटसम्मका १००१ मेगावाट आयोजना, ५ मेगावाटदेखि २५ मेगावाटसम्मका ३२६ र ५ मेगावाट भन्दा कम क्षमताका १८ मेगावाट आयोजना रहेको विभागको तथ्याङ्कामा उल्लेख छ ।

यस्तै, गण्डकी प्रदेशमा २२४३ मेगावाटको आयोजनाले उत्पादन अनुमति पाएका छन् । उत्पादन अनुमति पाएका यी आयोजनाहरुमध्ये १०० मेगावाटदेखि ५०० मेगावाटसम्म ८६४ मेगावाट आयोजना छन् । २५ मेगावाट क्षमतादेखि १०० मेगावाटसम्म ९४९ मेगावाटका आयोजना, ५ मेगावाट क्षमतादेखि २५ मेगावाटसम्म ३९० मेगावाटका आयोजना र ५ भन्दा कम क्षमताका ४० मेगावाट आयोजनाले उत्पादन अनुमति पाएको विभागले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit