विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा माधावप्रसाद उपाध्याय नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको ३०४ औँ बैठकले बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत उपाध्यायलाई सिइओ नियुक्त गर्ने निर्णय गरेको हो । वैशाख १ गतेदेखि लागू हुनेगरी उपाध्यायलाई ४ वर्षका लागि सिइओ नियुक्त गर्ने निर्णय सञ्चालक समितिले गरेको हो ।

स्थापना कालदेखि नै बैंकको सेवामा प्रवेश गरेका उपाध्यायले व्यवस्थापनमा स्नातकोतर गरेका छन् । उनी १५ वर्षदेखि कम्पनी सचिव र ११ वर्षदेखि कार्यकारी अधिकृतका रुपमा बैंकमा सेवारत छन् । उनीसँग करिब १६ वर्षसम्म शिक्षण गरेको अनुभव समेत छ ।

बैंकमा विगत १५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्मालदै आएका गोविन्दप्रसाद ढकालको कार्यकाल चैत अन्तिममा सकिएसँगै उपाध्यायलाई सञ्चालक समितिले कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो ।

चैत १४ गते बसेको उक्त सञ्चालक समितिको बैठकले सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई चैत १५ गतेबाट लागु हुने गरी बैंकको कम्पनी सचिवमा नियुक्त गर्ने निर्णयसमेत गरेको छ ।

काठमाडौँ लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडौँ उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएम मार्फत ग्राहकहरूलाई वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit