काठमाडौं । एनएमबि बैंकका ग्राहकहरुले धनगडीको भाटभटेनीमा किनमेल गर्दा १० प्रतिशत छुट अथवा ५०० रुपैयाँ क्यासब्याक पाउने भएको छ । बैकका ग्राहकहरुले इएनएमबी, भिसा डेबिट र क्रेडिट कार्डहरु मार्फत भुक्तानी गरेमा यो सुविधा पाउने भएको हो ।
यो योजना आजदेखि सिमित अवधिको लागीे धनगढीको भाटभटेनीमा सञ्चालन भएको बैंकले जनाएको छ । बैंकका अनुसार ग्राहकहरुलाई डिजिटल कारोबारमा प्रोत्साहित गर्न यस्तो अभियान सञ्चालन गरेको हो । यो अभियान मुख्यतया ग्राहकहरुलाई लक्षित गरी ल्याइएको छ ।
एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्क’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ बाट सम्मानित भएको बैंक हो । बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।
बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।