विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । जलविद्युतमा लगानी गर्ने ९ वटा कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्ने भएका छन् । यी कम्पनीले निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणका लागि छुट्याएकाे साधारण सेयर निष्कासन गरेर बाँडफाँड गर्ने तयारी गरेका हुन् ।

यी कम्पनीले करिब ४ कराेड कित्ता सेयर निष्कासनकाे स्वीकृतिका लागि नेपाल धिताेपत्र बाेर्डमा आवेदन दिएका छन् । बाेर्डकाे स्वीकृतिपछि प्रतिकित्ता सय रुपैयाँ अंकित सेयर निष्कासन गरेर बाँडफाँड गर्नेछन् । निष्कासन हुन लागेकाे सेयर मूल्य ४ अर्ब रुपैयाँ बराबरकाे छ ।

आवेदक कम्पनीमध्ये सबैभन्दा बढी सेयर निष्कासन गर्न मध्यभोटेकोसी जलविद्युत कम्पनीले अनुमति माग गरेको बोर्डले जनाएको छ । बोर्डका अनुसार यो कम्पनीले सिन्धुपाल्चोकमा निर्माणाधीन १ सय २ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको सर्वसाधारण र स्थानीयका लागि १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता सेयर निष्कासन अनुमति मागेको छ ।

कम्पनीले सेयर निष्कासन गरी बाँडफाड गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीले २०७६ माघ ७ गते अनुमतिका लागि आवेदन दिएको थियो । आवेदन दिएकाे लामाे समय बितिसक्दा समेत बाेर्डले याे कम्पनीलाई अझै अनुमति दिएकाे छैन । याे कम्पनीले आयोजनाकाे ऋण लगानीकर्ता, प्राधिकरण र कम्पनीमा कार्यरत कर्मचारीका लागि सेयर निष्कासन गरेर बाँडफाँड गरिसकेकाे छ ।

यस्तै, साहस ऊर्जाले १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता साधारण सेयर निष्कासन अनुमतिका लागि बोर्डमा आवेदन दिएको छ । कम्पनीले साेलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाटकाे साेलु दूधकाेसी आयोजनाकाे साधारण सेयर निष्कासन गर्न अनुमति मागेकाे हाे ।

कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न एनआइबीएल एसीइ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीले सेयर निष्कासन अनुमतिका लागि गत माघ २४ गते बोर्डमा आवेदन दिएको थियो ।

सामलिङ पावर कम्पनीले पनि इलाममा निर्माणाधीन ९.५२ मेगावाटको माइबेनी जलविद्युत आयोजनाको सर्वसाधारण र स्थानीयका लागि १२ लाख ३० हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । सेयर निष्कासन गर्न नेपाल एसबीआई मर्चेंट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीले गत माघ ५ गते आवेदन दिएको थियो ।

बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीले नुवाकोटमा निर्माणाधीन ५ मेगावाटको तादी खोला जलविद्युत आयोजनाको साधारण सेयर निष्कासन अनुमतिका लागि बोर्डमा गत माघ ८ गते निवेदन पेश गरेको थियो । कम्पनीले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सेयर निष्कासन गर्न सिभिल क्यापिटल मार्केटलाई बिक्री प्रबन्धक तोकेको छ ।

हिमालयन हाइड्रो पावर कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले कास्कीमा निर्माणाधीन १२ मेगावाटको नार्माजुन मादी जलविद्युत आयोजनाको स्थानीय र सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले ९ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानीय र बाँकी १३ लाख ५० हजार कित्ता सर्वसाधारणका लागि छुट्याएको छ । सेयर निष्कासन गरी बाँडफाँड गर्न जनता क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । यो आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ ।

बिन्दबासिनी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले पनि २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले लमजुङ र कास्कीको सिमामा सञ्चालित ८.८ मेगावाटको रुदी खोला ‘ए’ र ६.६ मेगावाटको रुदी ‘बी’ जलविद्युत आयोजनाको स्थानीय र सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्न लागेको हो ।

निष्कासन हुने सेयरमध्ये १० लाख कित्ता स्थानीय र बाँकी १५ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । कम्पनीले सेयर निष्कासनका लागि सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ ।

मैलुङ खोला जलविद्युत कम्पनीले पनि सर्वसाधारण्का लागि ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले रसुवामा सञ्चालित ६ मेगावाटको मैलुङ जलविद्युत आयोजनाको साधारण सेयर निष्कासन गरेर बाँडफाँड गर्न लागेको हो ।

कम्पनीले सेयर निष्कासन गरेर बाँडफाँड गर्न सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । कम्पनीले २०७४ असोज २० गते बोर्डमा आवेदन दिएको थियो । आवेदन दिएकाे ३ वर्ष बितिसक्दा पनि आवश्य प्रक्रिया पूरा भइनसकेकाले याे कम्पनीले अझै बाेर्डबाट स्वीकृति लिन सकेकाे छैन ।

बोर्डको स्वीकृती पर्खिरहेकोे सिइडिबी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले पनि २३ लाख १८ हजार २ सय ३० कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सनराइज क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।

न्यादी हाइड्रोपावर कम्पनीले पनि स्थानीय र सर्वसाधारणका लागि ४० लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सेयर निष्कासन अनुमतिका लागि बोर्डमा गत मंसिर १० गते आवेदन दिएको थियो । बोर्डबाट अनुमति प्राप्त भएपछि कम्पनीको सेयर ग्लोबल आइएमई क्यापिटलले निष्कासन गरी बाँडफाँड गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit