विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । संखुवासभामा बग्ने सभा खोलामा ५ जलविद्युत आयोजना निर्माणका विभिन्न चरणमा रहेका छन् । निजी क्षेत्रले पहिचान गरी अघि बढाएका यी आयोजनाबाट करिब ४० मेगावाट विद्युत उत्पादन हुने अध्ययनले देखाएको छ ।

विद्युत विकास विभागका अनुसार त्यहाँ पहिचान भएका आयोजनाहरुमध्ये ८.३ सभा खोला ए, १५.१ मेगावाटको सभा खोला ‘बी’, ४.१ सुपर सभा खोला, ४.२ मेगावाटको सभा खोला ‘सी’ ९.५५ मेगावाटको सुपर सभा खोला ‘ए’ छन् ।

यी आयोजनामध्ये सबैभन्दा ठुलो आयोना १५.१ मेगावाटको सभा खोला ‘बी’ निर्माणाधीन छन् । यो आयोजना अर्वित इनर्जी प्रालिले निर्माण गरिरहेको छ । विभागबाट २०७३ फागुन ३० गते उत्पादन अनुमति लिई निर्माण सुरु गरेको थियो ।

दिव्यश्वरी हाइड्रोपावर कम्पनीले पनि ८.३ मेगावाटको सभा खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीले २०७१ असोजमा उत्पादन अनुमति लिई आयोजना अघि बढाएको हो ।

अध्ययन पूरा भएका ४.१ मेगावाट सुपर सभा खोलाले भने उत्पादन अनुमतिका लागि विभागमा आवेदन दिएको तथ्याङ्कमा छ । कम्पनीले २०७७ साउन ९ गते उत्पादन अनुमतिका लागि आवेदन दिएको थियो । 

४.१९ मेगावाटको सभा खोला ‘सी’, ९.५५ मेगााटको सुपर सभा ए’ जलविद्युत आयोजनाका भने अध्ययन भइरहेको विभागको तथ्याङ्कमा उल्लेख छ ।  यही खोलामा ३.३३ मेगावाटको सभा खोलाले भने विद्युत उत्पादन गरिरहेको छ । दिव्यश्वरी हाइड्रो पावर कम्पनीले निर्माण सम्पन्न गरेको आयोजनाले २०७४ असोज ४ गतेदेखि नियमीत विद्युत उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit