विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । जलविद्युत, कृषि, होटललगायतका क्षेत्रमा लगानी गर्दै आएको बरुण इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले ४१.०६ मेगावाटको जलविद्युत आयोजनामा लगानी गर्ने प्रतिवद्धता जनाएको छ । संखुवा खोलामा हाइड्रो प्रवर्द्धन र गुराँस हाइड्रो प्रालिले अघि बढाउन लागेको आयोजनामा लगानी गर्ने भएको हो ।

संखुवासभा र भोजपुरको सिमानामा निर्माण हुने यो आयोजनामा लगानी गर्न हालै प्रतिवद्धता गरेकाे कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बझाङमा यसअघि निर्माणाधीन ६४.४९ मेगावाटका आयोजनाका मुख्य लगानीकर्ताको रुपमा रहेर लगानी भइसकेकाे छ ।

कालंगा हाइड्रो इनर्जी कम्पनीको १५.३३ मेगावाटको कालंगागाड, सानीगाड हाइड्रो कम्पनी ३८.४६ मेगावाटको माथिल्लो कालंगागाड र बुंगल हाइड्रो कम्पनीको १०.७० मेगावाटको सानीगाडमा लगानी गरिसकेको छ । यी आयोजनाको काम अन्तिम चरणमा पुगेका छ ।

भविष्यमा अरु पनि हाइड्रो पावर, होटल र कृषि लगायतका क्षेत्रमा लगानी बढाउने तयारी गरेको कम्पनीका अध्यक्ष शिव प्रसाद घिमिरेले बताए ।

२०७७ सालमा स्थापना भएकोको कम्पनीको अधिकृत पूँजी ६० करोड रुपैयाँ र जारी पूँजी ५५ करोड रुपैयाँ रहेको छ । कम्पनीले सर्वसाधारण (कर्मचारी र सामुहिक लगानी कोष समेत) का लागि १५ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सेयर निष्कासन गर्न ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit