विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं ।  ललितपुर महानगरपालिकामा विद्युतीय शवदाह गृह निर्माण हुने भएको छ । ईर्जी टेक्निकल सर्भिसेस प्रालिलले विद्युतीय शवहाद गृह निर्माण गर्न लागेको हो ।

बागमति प्रदेशको ललितपुर महानगरपालिकाको वडा नम्बर ११ मा विद्युतीय शव दाहगृह निर्माण गर्न लागिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विद्युतीय शवदाह गृह निर्माण गर्दा पर्न सक्ने असरबारे स्थानीयसँग राय सुझाव माग गरिएको छ । 

प्रारम्भिक वातावारणीय परीक्षण अध्ययनको तयारी गर्ने क्रममा सो क्षेत्रको प्राकृतिक भौतिक, सांस्कृतिक, आर्थिक, सामाजिक प्रणालीमा केकस्तो प्रभाव पर्दछ भनि यकिन गर्न राय/सुझाव माग गरिएको छ ।

त्यस क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला व्यक्ति वा संस्थाको लिखित राय/सुझाव लिन आवश्यक भएकोले आगामी ७ दिनभित्र आइपुग्ने गरी राय/सुझाव पठाउन कम्पनीले अनुरोध गरेको छ । 

शवदाह गृह १४२३.८९ वर्गमिट जग्गामा निर्माण हुनेछ । आरसीसी संरचनामा निर्माण हुने शवदाहगृह २ तले हुनेछ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit