images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लमजुङको दोर्दी खोलामा २७ मेगावाटको दोर्दी खोला जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको हिमालयन पावर पार्टनर लिमिटेडले करिब १० करोड बरारबको बिजुली बेचेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को ३ महिनाको अवधिमा सो रकमको बिजुली बेचेको हो । 

सार्वजानिक वित्तीय विवण अनुसार साउनदेखि असोजसम्म अवधिमा विद्युत् बिक्री गरी ९ करोड ९६ लाख १२ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार गत वर्षको तुलनामा विद्युत बिक्रीबाट हुने आम्दानी बढेको छ । गत वर्ष कम्पनीले विद्युत बिक्रीबाट १ करोड ३४ लाख ५५ हजार रुपैयाँ आम्दानी गरेको थियो । 

विवरण अनुसार अहिले कम्पनी ९ करोड ४० लाख १५ हजार ६ सय रुपैयाँले घाटामा देखिएको छ । लमजुङममा निर्माण सम्पन्न गरेको आयोजनाले २०७९ साल असोज १४ गतेदेखि निरन्तर विद्युत उत्पादन गरिरहेको छ । 

कम्पनीले यस आयोजनाको काम करिब ५ वर्षमा सम्पन्न गरेको थियो । वि.सं २०७२ फागुनबाट निर्माण सुरु गरेको यस आयोजनाले विसं २०७५  भदौ १५ गते विद्युत उत्पादन गर्ने लक्ष्य राखेको थियो । नाकाबन्दी, अघिल्लो वर्षायाममा विद्युतगृहमा मर्स्याङ्दी नदीको पानी छिरेर मेसिनरी सामानमा पुर्याएको क्षति, कोरोनाका कारण जारी निषेधाज्ञा र सुरुङ निर्माण  गर्ने क्रममा कमजोर  चट्टान भेटिएकाले ढिलाइ हुन पुग्दा निर्धारित समयमा काम सम्पन्न नभएको कम्पनीले जनाएको छ ।

पछि समय थपेर विसं २०७६ चैत मसान्तसम्ममा निर्माण सक्ने सम्झौता गरे पनि सोही अवधिमा पनि निर्माण सम्पन्न नभएपछि विसं २०७६ असारसम्म सक्ने गरी सम्झौता भएको थियो । सो समयमा पनि निर्माण सम्पन्न गर्न नसकेपछि विसं २०७६ पुस महिनामा बिजुली उत्पादन गर्ने लक्ष्यका साथ अघि बढेको थियो । प्राधिकरणले समयमा प्रसारण लाइन निर्माण पूरा नगर्दा विद्युत उत्पादनमा समय लागेको थियो ।

आयोजना सम्पन्न गर्न सुरुमा ४ अर्ब २३ करोड रूपैयाँ लाग्ने अनुमानका साथ निर्माण थालनी गरे पनि निर्माण अवधि लम्बिदै गएकाले अहिले करिब ५ अर्ब रुपैयाँमा पूरा भएको जनाइएको छ । आयोजनामा गैरआवसीय नेपाली संघ (एनआरएनए) को ३५.७ प्रतिशत, आइएमई समूहको ३४.३ प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी छ ।

प्राधिकरण र सो कम्पनीबीच विसं २०६९ असार १ गते पीपीए (विद्युत खरिद सम्झौता) भएको थियो । आयोजनाको अनुसार सुक्खायाममा ८.४० रुपैयाँ र वर्षायाममा ४.८० रुपैयाँमा विद्युत खरिद गर्ने सम्झौता भएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit