विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाटको सोलु दूधकोसी जलविद्युत आयोजनामा भएकाे दुर्घटनामा परी २ जना इन्जिनियरकाे मृत्यु भएकाे छ । आयोजनाकाे वर्कसपमा पेनस्टक पाइप परीक्षणका क्रममा भएकाे दुर्घटनामा परी इन्जिनियर सुवासराज रेग्मी र अर्जुन थापाकाे आइतबार दिउँसाे ३ मृत्यु भएकाे हाे ।

अछाम घर भएका २६ वर्षिय रेग्मी र काभ्रेका २९ वर्षिय थापा आयोजनाकाे पेनस्टक पाइपकाे परीक्षणका क्रममा दुर्घटनामा परेका थिए । पेनस्टक पाइपमा पानी भरेर परीक्षण गर्दा पड्किएर दुर्घटना हुँदा मृत्यु भएकाे आयोजनाकाे प्रवर्द्धक साहज ऊर्जा कम्पनीका जनसम्पर्क अधिकृत कैलाश निरौलाले बताए ।

उनका अनुसार रेग्मी आयोजनाकाे हाइड्राेमेकानिकलतर्फकाे ठेकेदार माछापुच्छ्रे मेटल एन्ड मेकानिकल कम्पनीमा कार्यरत थिए । थापा परामर्शदाता कम्पनीमा कार्यरत इन्जिनियर हुन् ।

‘इन्जिनियरको टाेली  दिनभरि नै पेनस्टक पाइप परीक्षणमा लागेकाे थियो’, उनले ऊर्जा खबरसँग भने, ‘पाइपमा आउने पानीको प्रेसर नमिलिर वेल्डिङ छुट्टिएपछि दुर्घटना भयो ।’ उनले पाइपको विस्फोटन लगत्तै बेहोस भएका रेग्मी र थापालाई उपचारका लागि ओखलढुंगा अस्पताल लगेकाे तर अस्पतालले मृत घाेषित गरेकाे बताए ।

दुर्घटनामा परी हाइड्रोमेकानिकल ठेकेदार कम्पनीका आयोजना प्रबन्धक मोहम्मद राइन पनि गम्भीर घाइते भएका छन् । विराटनगर स्थायी घर भएका राइनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएकाे छ । उनको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ । जलविद्युत आयाेजनामा जडान भएकाे पेनस्टक पाइप पड्किएर दुर्घटना भएकाे सम्भवतः नेपालकाे याे नै पहिलाे घटना हाे ।

आयोजनाको ७५ प्रतिशत बढी काम सम्पन्न भइसकेकाे छ । आयोजनाको सबै काम पूरा गरी आगामी चैत्रभित्र उत्पादन सुरु गर्ने लक्ष्य छ । आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनको तिन्लास्थित लम्माने सबस्टेसनमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit