विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडको वार्षिक साधारण सभा भदौ ३ गते हुने भएको छ । सञ्चालक समितीको गत असार ३० गते बसेको बैठकले कम्पनीको विशेष साधारण सभाको मिती तय गरेको हो ।

कम्पनीका अनुसार साधारणसभामा अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने विषयमा छलफल गरी पारित गरिनेछ । साथै, आर्थिक वर्ष २०७९/८० का लागि लेखा परीक्षक नियुक्त गरी पारिश्रमिक समेत निर्धारण गर्ने जनाइएको छ ।  कम्पनीले आयोजना गरेको साधारणसभा भदौ ३ गते (शुक्रबार) बिहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । 

साधारणसभाले देशकै ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाकाे १० करोड ५९ लाख १ (१ बराबर १) कित्ता हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड १०० रुपैयाँ रहेकोमा उल्लेखित अनुपातमा हकप्रद सेयर जारी गरेपछि २१ अर्ब १८ करोड २०० रुपैयाँ हुनेछ ।

कम्पनीमा नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत, नागरिक लगानी कोषको २ प्रतिशत र राष्ट्रिय बिमा संस्थानको २ प्रतिशत लगानीका संस्थापक रहेका छन् । यस्तै, सर्वसाधारणको १५ प्रतिशत, दोलखा जिल्लाबासीको १० प्रतिशत तथा २४ प्रतिशत कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको लगानी छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit