विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २९, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । युनाईटेड मोदी हाइड्रो पावर लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेडबीच हकप्रद सेयर निष्कासनको  सम्झौता भएको छ । सेयरधनी सदस्यका लागि छुट्याएको सेयर निष्कासन गर्न बुधबार (११ गते) दुई कम्पनीबीच सम्झौता भएको हो । 

सम्झौतापत्रमा युनाईटेड मोदीका तर्फबाट अध्यक्ष नरेन्द्र बल्लभ पन्त र सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

कम्पनीले १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ । सेयर निष्कासन प्रस्ताव नियमनकारी निकायबाट स्वीकृती प्राप्त भए पश्चात कम्पनीको आगामी साधारण सभामा पेश गरिनेछ । सभाले पारित गरेपछि सेयर निष्कासन गरी बाँडफाँड हुनेछ ।

कम्पनीको १० मेगावाताको तल्लो मोदी–१ जलविद्युत आयोजनाले २०६९ मंसिरदेखि निरन्तर विद्युत उत्पादन गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit