विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विभिन्न सेवा समूह तथा उपसमूहमा कार्यरत ११ जना कर्मचारीलाई सहायक प्रबन्धकमा बढुवा गरेको छ । प्राधिकरण बढुवा सिफारिस समितिले मंगलबार जेष्ठता, कार्यसम्पादन तथा कार्यक्षमता मूल्याङ्कनका आधारमा ७ तहका ती कर्मचारीलाई सहायक प्रबन्धक (८ तह) मा बढुवा गरेको हो ।

कर्मचारी सेवा विनियमावली, २०६२ (संशोधनसहित) को विनियम ४३ (क) र विनियम ५० मा भएको व्यवस्थाअनुसार कर्मचारीको बढुवा गरी रिक्त स्थानमा पदपूर्ति गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले ९ गतेको निर्णय अनुसार बढुवा गरेको हो ।

जेष्ठता र कार्यसम्पादनका आधारमा बढुवामा हुनेमा ४ जना र कार्यक्षमता मूल्याङकनका आधारमा बढुवा हुनेमा ७ जना कर्मचारी रहेको प्राधिकरणले जनाएको छ । जेष्ठता र कार्यसम्पादनका आधारमा बढुवा हुनेमा आशिष दाहाल, सुभाष पाण्डे, नविल न्याउपाने र सुनिल बन्जारा रहेका छन् । 

यस्तै, कार्यक्षमता मूल्याङकनका आधारमा मन्दिरा अधिकारी, सुमनराज मानन्धर, शैलेश शाक्य, विश्व झा, शान्ति पनेरु, सुदिप थापा, मिता आचार्यलाई बढुवा गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले यसअघि पनि १५ कर्मचारीलाई निर्देशकमा, ९ कर्मचारीलाई सह–निर्देशकमा , ३ कर्मचारीलाई उप–निर्देशकमा, २० कर्मचारीलाई उप–प्रबन्धकमा, ११ कर्मचारीलाई सहायक निर्देशक, ८ कर्मचारीलाई सहायक प्रबन्धकमा बढुवा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit