काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्य मन्त्री खमबहादुर गर्बुजा बधाई ज्ञापन गरेका छन् । मन्त्री खड्काले नवनियुक्त राज्य मन्त्री गर्बुजाको सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार गर्बुजालाई बुधबार राज्य मन्त्री नियुक्त गरेका हुन् । गर्बुजा म्याग्दीबाट निर्वाचित नेपाली कांग्रेसका सांसद हुन् ।
यसअघि नेपाली कांग्रेसबाटै ऊर्जा राज्य मन्त्री रहेका पूर्णबहादुर तामाङ (कान्छाराम) लाई प्रधानमन्त्री ओलीले वैशाख १० गते पदबाट बर्खास्त गरेका थिए ।