विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ४, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मोदी इनर्जी लिमिटेडले साढे ७२ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्न लागेको हो । 

सय रुपैयाँ अंकित ७२ करोड ५० लाख बराबरको ७२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिइएको छ ।

बोर्डबाट अनुमति पाउने लगतै सेयर निष्कासन गरी बाँडफाँड गरिनेछ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि र दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन गरी बाँडफाँड गरिनेछ । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सनराइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबान्धक तोकिएको छ । कम्पनीको पर्वतमा निर्माण सम्पन्न गरेकाे २० मेगावाटको तल्लो मोदी खोला जलविद्युत आयोजना सञ्चालनमा छन् ।

यस्तै, मेन्छियाम हाइड्रो पावर लिमिटेडले पनि १६ लाख २७ हजार ७ सय ५० कित्ता सेयर निष्कासन गर्न बोर्डमा आवेदन दिइएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन अनुमतिका लागि बोर्डमा आवेदन दिएका हो ।

बोर्डबाट अनुमति पाउने लगतै पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि र दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन गरी बाँडफाँड गरिनेछ । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एनआइसी एसिया क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit