काठमाडौं । हिमाल दोलखा हाइड्रो पावर कम्पनीले १ कराेड २० लाख कित्ता हकप्रद सेयर आवेदन खुल्ला गरेको छ । कम्पनीले आफ्ना सेयरधनी सदस्यका लागि छुट्याएको सेयर आवेदन खुल्ला गरेको हो ।
जारी पुँजी १ अर्ब २० करोड रकम बराबरको सय रुपैयाँ अंकित १ कराेड २० लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सेयरधनी सदस्यलाई १ः०.७५ का अनुपातमा हकप्रद सेयर निष्कासन गरिएकाे हो ।
सेयरधनी सदस्यले असार १० गतेसम्म आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न लक्ष्मी क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।
कम्पनीले इलाम जिल्लाको इलामा नगरपालिकामा ४.५ मेगावाटको माई खोला जलविद्युत आयोजना र माई नगरपालिकामा ८ मेगावाटको माई साना जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।