विद्युत अपडेट

  • प्राधिकरण : ९३८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७८१९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७९१० मे.वा.घन्टा
  • आयात : ११९ मे.वा.घन्टा
  • निर्यात : १९७५५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७५२३६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३३८१ मे.वा.
२०८३ भदौ ११, बिहिबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाबाट प्रभावित नागरिक तथा विद्युत् आयोजनाको पुनर्निर्माण र पुनर्स्थापनाका लागि ५ करोड ५ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

बिहीबार बसेको कार्यसमितिको २०६औँ आकस्मिक बैठक तथा सल्लाहकारसहितको संयुक्त बैठकले इपान र यससँग सम्बद्ध जलविद्युत् कम्पनीहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।

बैठकले बुधबार (भदौ १० गते) भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँलगायत जिल्लामा पुगेकाे जनधनकाे क्षति दु:ख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थय लाभकाे कामनासमेत गरेको छ । 

‘ऊर्जा क्षेत्र नेपालको समृद्धिसँग मात्र होइन, नेपाली जनताको सुख–दुःखसँग पनि जोडिएको क्षेत्र हो,’ बैठकपछि अध्यक्ष डाँगीले भने, ‘विपद्को समयमा सम्पूर्ण सदस्य कम्पनीहरू एकजुट हुँदा त्यसले पीडित परिवारको जीवनमा ठूलो राहत र आशाको सञ्चार गर्न सक्छ।’

उनले अनुसार आर्थिक सहयोग रकमको चेक उपयुक्त समयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा हस्तान्तरण गरिने बताए ।

उद्धार तथा राहतको यस मानवीय अभियानमा इपानका सम्पूर्ण सदस्य कम्पनीहरूलाई सक्रिय र उदारतापूर्वक सहयोग गर्नसमेत उनले आग्रह गरेका छन् । साथै, विपत्‌बाट प्रभावित नागरिक तथा ऊर्जा क्षेत्रको पुनःस्थापनामा निजी क्षेत्रको सहयोग र ऐक्यबद्धता महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३