काठमाडौँ । भोटेकोसी नदीमा बुधबार आएको विनाशकारी बाढीको विपत्मा पररे रसुवाका ४ जलविद्युत् आयोजनामा कार्यरत कामदार तथा कर्मचारी मध्ये २१७ जना अझै सम्पर्कविहीन रहेका छन् । त्रिशूली नदी करिडोरमा सञ्चालित तथा निर्माणाधीन यी आयोजनाका कर्मचारी तथा कामदारसँग अझै सम्पर्क हुन नसकेका हो ।
यी मध्ये २१६ मेगावाटको त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत ९६ जना हराइरहेका छन् । यी मध्ये आयोजनाको इलेक्ट्रोमेकानिकल ठेकेदार कम्पनी एन्ड्रिज हाइड्रोका ७६ जना, आयोजना प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका १३ जना, परामर्शदाता जेड कन्सल्६ र लामा जेभियर्स जेभीका ७ उक्त हराइरहेको सम्पर्कमा आउन नसकेको स्वतन्त्र ऊर्जा उत्पादनकहरूको संस्था नेपाल (इपान) ले जनाएको छ ।
त्यस्तै, २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना कर्मचारी तथा कामदार हालसम्म सम्पर्कमा आउन सकेका छैनन् ।
इपानका अनुसार १११ मेगावाटको रसुवागढी जलविद्युत् केन्द्रमा कार्यरत ५१ जना सम्पर्कविहीन छन् । यस आयोजनामा कार्यरत ३ जना बाढी आएपछि भागेर अग्लो ठाउँमा पुगेर सुरक्षित भएर रहेका छन् ।
५ मेगावाटको मैलुङ खोला आयोजनाको विद्युत्गृहमा कार्यरत ८ कर्मचारी सम्पर्कविहीन बनेका छन् । त्यस्तै, १२० मेगावाटको रसुवा भोटेकोसी आयोजनामा कार्यरत सिभिल निर्माण ठेकेदार कम्पनी सिनो हाइड्रोका २ जना सम्पर्क सम्पर्कविहीन छन् ।
यी आयोजना मध्ये माथिल्लो त्रिशूली १ मा कार्यरत २१२ जना र रसुवा भोटेकोसीमा कार्यरत ५ जना उद्धारको पर्खाइमा छन् ।