विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । साेलुखुम्बुमा २३.५ मेगावाटकाे साेलु खाेला जलविद्युत आयाेजना निर्माण गरी सञ्चालनमा ल्याएकाे अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले करिब ४ कराेड ४६ लाख रूपैयाँ खुद नाफा कमाएकाे छ । कम्पनीले सार्वजानिक गरेको गत आर्थिक वर्ष (आव) २०७८/७९ को वित्तीय विवरणमा उक्त विवरण उल्लेख गरिएकाे हाे ।

कम्पनीका अनुसार आव २०७७/७८ मा ४ करोड ४६ लाख १५ हजार ७ सय ८२ रुपैयाँ खुद नाफा कमाएको थियाे भने अघिल्लाे वर्ष ४ करोड ३७ लाख ४१ हजार १३ रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीले गत आवमा विद्युत बेचेर ३८ करोड ७ लाख ४० हजार ३ सय ३२ रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो आवमा २९ करोड ४६ लाख ६१ हजार ३ सय २० रुपैयाँ आम्दानी गरेको थियो ।

यस्तै, कम्पनीको खुद नाफा बढे पनि अन्य स्रोतको आम्दानी अघिल्लो आवको तुलनामा घटेको जनाएकाे छ । अघिल्लो आवमा कम्पनीले अन्य स्रोतबाट १४ लाख ७१ हजार ७ सय ९७ रुपैयाँ आम्दानी गरेकोमा गत आवमा १ लाख ९८ हजार ४ सय ६५ रुपैयाँ आम्दानी गरेको वित्तीय विवरणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit