विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले १२८ मेगावाटको तमोर–मेवा जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ नगरपालिकामा आयोजना निर्माण गर्न लागिएको हो ।

नदीको वहावमा आधारित (आरओआर) आयोजना बनाउन २४ अर्ब २३ करोड रुपैयाँ लागत अनुमान गरिएको कम्पनीले जनाएको छ । कूल अनुमानित लागतका आधारमा प्रतिमेगावाट लागत १८ करोड ९२ लाख रुपैयाँ लाग्ने देखिएको छ । आयोजना सम्पन्न भएपछि वार्षिक ७१ करोड १४ लाख ३० हजार युनिट विद्युत उत्पादन हुनेछ । जसमा बर्खामा ६१ करोड ९७ लाख ४० हजार र सुक्खामा ९ करोड १६ लाख ९२ हजार युनिट विद्युत उत्पादन हुने अध्ययनमा देखिएको छ ।

नेपाल विद्युत प्राधिकरणले आयोजनबाट उत्पादन हुने विद्युतको खरिद, बिक्री दर निर्धारण तथा विद्युत खरिद सम्झौता (पिपिए) गर्न स्वीकृतीका लागि विद्युत नियमन आयोगमा आवेदन पेस गरेको छ । प्राधिकरणले आयोजनाका विद्युत बर्खाको ६ महिनामा प्रतियुनिट ४.८० र सुक्खायाममा ८.४० रुपैयाँका दरले पिपिए गर्नेछ ।

आयोगले पिपिएको अनुमति दिनका लागि भदौ २९ गते सार्वजनिक सुनुवाइ गर्न लागेको छ । आयोग २९ गते विद्युत विकास विभागकाे कार्यालयमा १२ बजेदेखि सार्वजनिक सुनुवाइ गर्न लागेकाे हाे ।

मेवाखोलाको पानीसमेत तमोर नदीमा मिसाएर बनाइने उक्त आयोजनाको काम सुरु भएको ५ वर्षभित्र सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ । आयोजनामा ९ किलोमिटर लामो सुरुङ निर्माण हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit