विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ २, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । आँखु खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट पूर्व स्वीकृती पाएको छ । कम्पनीले आयोगबाट १.१ः५० काे अनुपातमा हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको हो ।

हकप्रद सेयरको माग गर्दै कम्पनीले साउन ३० गते आयोगमा आवेदन दिएको थियो । सोहीअनुसार आयोगले चुक्ता पूँजी ८० करोड रुपैयाँको १ः१.५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो ।

कम्पनीले धादिङमा ८.४ मेगावाटको आँखु खोला–१ जलविद्युत आयोजना सम्पन्न गरी सञ्चालन गरिरहेको छ । आयोजनाले भदौ ८ गतेदेखि निरन्तर विद्युत उत्पादन गरिरहेको छ ।

हकप्रद सेयरबाट उठेको पुँजीले गणेश हिमाल हाइड्रो पावरले निर्माण गर्न लागेको  २० मेगावाटको आँखुखोला–२ जलविद्युत आयोजनामा लगानी गर्नेछ ।  सो आयोजनामा कम्पनीले ६० प्रतिशत लगानी गर्ने र बाँकी रकमबाट बैंक तथा वित्तीय संस्थाको ऋण भुक्तानी गर्ने कम्पनीले जनएको छ ।

यसैगरी, जोशी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले पनि हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि प्रस्ताव पारित गर्न भदौ ३१ गतेका लागि साधारण सभा अह्वान गरेको छ । साधारणसभाबाट प्रस्ताव पारित हुने लगतै ६५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३